Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    अमेरिकामा गौरा पर्वको रौनक सुरु, टेक्ससमा अगस्ट ३० र ३१ गते गौरा पर्ब मनाईदै

    August 27, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सस

    यस वर्षको गौरा पर्व भदौ १५ गते अर्थात् अगस्ट ३१ तारिखमा परेको छ। सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा मनाउनका लागि अमेरिकामा रहेका सुदूरपश्चिमेलीहरूले धुमधामका साथ तयारी सुरु गरेका छन्। पर्वको मिति नजिकिँदै जाँदा सुदूरपश्चिमेलीहरूको बाक्लो बसोबास रहेका विभिन्न राज्यहरूमा गौरा पर्वको रौनक सुरु भएको छ।

    अमेरिकामा रहेका सुदूरपश्चिम नेपाली समाजहरू द्वारा हरेक वर्ष गौरा पर्व भव्य रूपमा मनाइँदै आएको छ। यहाँको कार्यव्यस्त जीवनशैलीका कारण दशैं र तिहार बाहेकका प्रायः पर्वहरू शनिबार वा आइतबार बिदाको दिन पारेर मनाउने गरिएको छ। यस वर्ष भने भदौ १५ गते आइतबार बिदा परेको हुनाले प्रवासी सुदूरपश्चिमेलीहरू विशेष रूपमा उत्साहित छन्।

    गौरा पर्व सुदूरपश्चिमको प्रमुख सांस्कृतिक चाड भएकाले अमेरिकामा रहेका सुदूरपश्चिमेलीहरूले स्थानीय वातावरणअनुसार पर्वलाई मनाउने गर्दछन्। यस वर्षको गौरा पर्वका लागि अमेरिकाको न्यूयोर्क, क्यालिफोर्निया, मेरिल्याण्ड, केन्टुकी लगायतका स्थानहरूमा विशेष तयारी थालिएको छ।

    यसैबीच, अमेरिकाको भर्जिनिया राज्यमा रहेका सुदूरपश्चिमेलीहरूले आइतबार तिज तथा गौरा मिलन कार्यक्रम आयोजना गरी पर्व मनाइसकेका छन्।

    टेक्ससमा अगस्ट ३० र ३१ मा गौरा पर्व मनाइँदै

    टेक्ससमा बसोबास गर्ने सुदूरपश्चिमेलीहरूले यस वर्षको गौरा पर्व अगस्ट ३० र ३१ तारिखमा भव्य रूपमा मनाउने भएका छन्। सुदूरपश्चिम नेपाली समाज, टेक्ससका उपाध्यक्ष नवराज भट्टका अनुसार, अगस्ट ३० मा अस्टिनमा र अगस्ट ३१ मा ड्यालसमा गौरा पर्वको विशेष कार्यक्रम आयोजना गरिनेछ।

    यस वर्षको गौरा पर्वमा टेक्ससका सुदूरपश्चिमेलीहरूले चर्चित डेउडा गायिका रेखा जोशी र नेपाल आइडलका कलाकार रबि ओडको साथमा पर्व मनाउने भएका छन्। पर्वको अवसरमा गौरा देवीको पूजा, डेउडा, हुड्केउली, छलिया नृत्य लगायत सुदूरपश्चिमको संस्कृति झल्काउने विभिन्न प्रस्तुति रहनेछन्। अस्टिन निवासी सुदूरपश्चिम नेपाली समाज, टेक्ससका सदस्य सुरेन्द्र अवस्थीका अनुसार, यस वर्षको कार्यक्रम लाई अझै भब्य बनाउने प्रयास गरिएको छ ।

    गत वर्षको गौरा पर्वमा सुदूरपश्चिमका चर्चित कलाकार नन्दकृष्ण जोशी र शंकरसिंह बिष्टले आफ्नो प्रस्तुतीमार्फत प्रवासी सुदूरपश्चिमेलीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

    यस वर्ष ड्यालस र अस्टिनमा आयोजना हुने गौरा विशेष कार्यक्रममा सहभागिताका लागि सुदूरपश्चिम नेपाली समाज, टेक्ससले सम्पूर्ण सुदूरपश्चिमेलीहरूलाई आह्वान गरेको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.