Close Menu
Nepali Khabarilal
    What's Hot

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    गैरआवासीय नेपाली संघ, अमेरिकाद्वारा एनसीसी एकताको लागि आह्वान

    August 26, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Add a heading - 1
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरिलाल

    ड्यालस, टेक्सस

    गैरआवासीय नेपाली संघ, अमेरिकाले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) एकताको लागि सम्बद्ध पक्षहरूलाई आह्वान गरेको छ।

    राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का अध्यक्ष विकास उप्रेतीको अध्यक्षतामा हालै सम्पन्न बैठकले विगतका विभिन्न कारणले अलग-अलग समूहमा रहेका नेतृत्वकर्ताहरू, अभियन्ता तथा सदस्यहरूलाई मूलधारमा फर्की एनसीसी अमेरिकाको एकतालाई मजबुत बनाउन आग्रह गरेको हो।

    एनआरएनए अमेरिकाका प्रवक्ता द्रोण गौतमका अनुसार, अगस्ट ११ र अगस्ट १९, २०२५ मा सम्पन्न कार्यसमिति बैठक पूर्ण रूपमा एनसीसीको एकता र संस्थागत विकासका विषयमा केन्द्रित रहेको थियो। उनका अनुसार, बैठकले संस्थागत एकता, समावेशी सहभागिता, नयाँ नेतृत्व, र आगामी कार्ययोजना सम्बन्धी आठ बुँदे महत्वपूर्ण निर्णय गरेको छ।

    बैठकले जुलाई २७ र २८ मा सम्पन्न निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने निर्वाचन समिति, पर्यवेक्षक तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेको छ। साथै, सेप्टेम्बर १३, शनिबार, ड्यालस, टेक्ससमा बृहत् राष्ट्रिय भेला तथा कार्ययोजना सम्मेलन आयोजना गर्ने र सेप्टेम्बर १४ मा भौतिक कार्यसमिति बैठक गर्ने निर्णय गरिएको छ।

    प्रवक्ता गौतमका अनुसार, बैठकले बंसजको नागरिकता तथा एनआरएन समुदायका विभिन्न समस्यामा अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC), नेपाल सरकार तथा राजनीतिक दलहरूसँग नीतिगत समन्वय र राजनीतिक लबिङ गर्नका लागि विज्ञ समिति गठन गर्ने निर्णय गरेको छ। साथै, बंसजको नागरिकता सम्बन्धी अधिकार सुरक्षित गर्न नेपाल सरकारलाई सकारात्मक दबाब सिर्जना गर्ने उद्देश्यले अनलाइन पोर्टल निर्माण गरी विश्वव्यापी रूपमा इलेक्ट्रोनिक हस्ताक्षर संकलन गर्ने निर्णय गरिएको छ।

    बैठकले अमेरिकामा बसोबासका लागि आउने नयाँ आगन्तुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहजीकरणका लागि, विमानस्थलमा होडिङ बोर्ड राख्ने, जानकारीमूलक सामग्री वितरण गर्ने तथा सम्पर्क विवरण उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।

    पदाधिकारी नियुक्तिअन्तर्गत द्रोण गौतमलाई संघको प्रवक्ता र विजय थापालाई आईटी कोअर्डिनेटरको जिम्मेवारी दिइएको छ।

    त्यसैगरी, अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सम्मेलनमा सहभागी हुने प्रतिनिधि छनोटका लागि सात सदस्यीय समिति गठन गरिएको छ। समितिको संयोजकमा उपाध्यक्ष दीपक सापकोटा रहेका छन् भने वरिष्ठ उपाध्यक्ष प्रेम तामाङसहित सात जना सदस्यहरूलाई समावेश गरिएको छ। समितिले अगस्ट ३१ भित्र प्रतिनिधिहरूको नाम अध्यक्ष तथा महासचिवलाई बुझाउने निर्णय गरेको गैरआवासीय नेपाली संघ, अमेरिकाले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) जनाएको छ ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    अमेरिका भ्रमणमा रहेका रास्वपा नेता मनीष झाले जुलाई ५ मा ड्यालसमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

    अमेरिकाको क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय फिर्ता लिन एनआरएनए अमेरिका र ओएनएफ अमेरिकाको आग्रह

    Demo
    Top Posts

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Don't Miss
    Diaspora

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपाली खबरीलाल अस्टिन, टेक्सस गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको नाममा विगत…

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.