Close Menu
Nepali Khabarilal
    What's Hot

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    ब्रेन ट्युमर पीडित पत्रकार वाग्लेको उपचारका लागि नेजाद्वारा ‘गो फण्ड मी’ सञ्चालन

    July 31, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ✍ नेपाली खबरीलाल
    📍 ड्यालस, टेक्सस
    नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले ‘ब्रेन ट्युमर’बाट पीडित भई गम्भीर अवस्थामा रहेका संस्थाका आजीवन सदस्य तथा क्यालिफोर्नियाका पत्रकार जिवन्त वाग्लेको उपचार सहयोगका लागि ‘गो फण्ड मी’ अभियान सञ्चालन गरेको छ।

    वाग्लेको गत जुलाई ७ मा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित वालनट क्रिकको जोन म्युएर अस्पतालमा शल्यक्रिया गरिएको थियो। तर हालसम्म उनी पूर्ण रूपमा होसमा आउन सकेका छैनन्। अस्पतालले लामो समय उपचार आवश्यक पर्ने जनाएपछि नेजाले सहयोग अभियान सुरु गरेको हो।

    नेजाका महासचिव ईश्वरी न्यौपानेका अनुसार उपचार खर्च संकलनका लागि ‘गो फण्ड मी’ खाता सञ्चालनमा ल्याइएको हो। नेजाको तर्फबाट प्रारम्भिक रूपमा १ हजार अमेरिकी डलर सहयोग गरिएको र सो खातामार्फत थप सहयोग गरिदिन नेजाले अमेरिकामा रहेका नेपाली समुदायलाई आग्रह गरेको छ।

    वर्तमान अवस्थामा वाग्लेको स्वास्थ्यमा कुनै सुधारको संकेत देखिएको छैन। स्वर गुमिसकेको छ भने मुखबाट खाना खान नसकेपछि पेटमा पाइपको सहायताले खाना खुवाइँदै आएको छ। उनलाई कति समयसम्म अस्पतालमै राख्नुपर्ने हो भन्ने अझै यकिन भइसकेको छैन। उहाँ पूर्ण रूपमा निको हुनुहुने नहुने भन्ने विषयमा हाल चिकित्सकले पनि स्पष्ट गर्न नसक्ने अवस्था रहेको जनाइएको छ।

    वाग्लेसँग उनकी श्रीमती र १० वर्षीय छोरा छन्। विगत एक वर्षदेखि अस्वस्थ रहँदै आएका वाग्ले आर्थिक रूपमा अशक्त बन्दै गएका थिए। श्रीमतीले रातको समयमा काम गरेर परिवारको खर्च धानिरहेकी थिइन्। तर हाल श्रीमानको अवस्था गम्भीर बन्दै गएपछि उनले जागिर छाडेर श्रीमान र छोराको हेरचाह गरिरहेकी छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    “नेजा”को १९औँ साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न, नेजाका वर्तमान अध्यक्ष र दुई पूर्व अध्यक्ष सम्मानित

    लोकतन्त्र, सुशासन र समृद्धिका लागि प्रेस स्वतन्त्रता अपरिहार्य

    टेक्ससको ड्यालसमा संगीतमय रामायण महोत्सव, भक्तजनको उल्लेखनीय सहभागिता

    Demo
    Top Posts

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    “नेजा”को १९औँ साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न, नेजाका वर्तमान अध्यक्ष र दुई पूर्व अध्यक्ष सम्मानित

    Don't Miss
    Diaspora

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस अमेरिकाको टेक्सस राज्यस्थित नेपाली महावाणिज्यदूतावास, ड्यालसले सेवा सञ्चालन सुरु गरेको करिब…

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    “नेजा”को १९औँ साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न, नेजाका वर्तमान अध्यक्ष र दुई पूर्व अध्यक्ष सम्मानित

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.