Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    एनआरएनए टेक्सास च्याप्टरको अध्यक्षमा निलेश श्रेष्ठ विजयी

    July 29, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सास
    गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अन्तर्गत टेक्सास च्याप्टरको अध्यक्ष पदको लागि सम्पन्न निर्वाचनमा निलेश श्रेष्ठ विजयी भएका छन्।
    जुलाई २७ र २८ गते सम्पन्न भएको निर्वाचनमा श्रेष्ठले ७८५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी गोविन्द गौतमले ६२१ मत प्राप्त गरेका थिए भने अर्का उम्मेदवार ईश्वर ढकालले ७२ मत पाएका थिए। यसैगरी, “कसैलाई पनि मतदान गर्दिन“ भन्ने मतदाताको संख्या १८ रहेको निर्वाचन समितिले जनाएको छ।
    यसअघि टेक्सास च्याप्टरका अध्यक्ष बाहेक अन्य सबै पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसकेका थिए । अध्यक्ष पदमा भने कडा प्रतिस्पर्धा भएको थियो ।
    निर्वाचनपश्चात नव–निर्वाचित अध्यक्ष निलेश श्रेष्ठले गैरआवासीय नेपाली संघ टेक्सास च्याप्टरलाई गैरआवासीय नेपालीहरूको आकर्षणको केन्द्र बनाउने प्रतिबद्धता जनाए। उनले भने, “च्याप्टरका निश्चित काम, कर्तव्य र अधिकारहरू छन्। तर, हामी मतदातालाई मात्र निर्वाचनको समयमा भेट्ने प्रवृत्तिको अन्त्य गर्न चाहन्छौं। आम गैरआवासीय नेपालीहरूबीचको सम्बन्ध विस्तार गर्दै, टेक्सासवासी नेपालीहरूसम्म पुग्ने हाम्रो उद्देश्य छ।”
    “अहिले गैरआवासीय नेपाली संघ ड्यालस–फोर्टवर्थ क्षेत्र बाहिर सक्रिय छैन भन्ने आलोचना रहेको छ। त्यसलाई तोड्दै, सम्पूर्ण टेक्सासका प्रमुख स्थानहरूमा कार्यक्रमहरू पु¥याउने, नेपाली समुदायका विभिन्न संस्थाहरूसँग समन्वय गरी ‘नेपालीका लागि नेपाली’ भन्ने अभियानलाई विस्तार गर्ने हाम्रो योजना छ,” श्रेष्ठले बताए।
    अध्यक्ष श्रेष्ठले च्याप्टरको निर्बाचनलाई सौहार्द रुपमा सम्पन्न गर्न सहयोग गर्ने निर्बाचन आयोग, आम मतदाता, सरोकारवाला सबैलाई धन्यवाद दिएका छन् ।

    यसैगरी, गैरआवासीय नेपाली संघ अमेरिकाको च्याप्टर अन्तर्गत टेक्सास बाहेक कोलोराडो र पेन्सिलभेनिया राज्यका च्याप्टरहरूमा पनि अध्यक्ष तथा सचिव पदका लागि निर्वाचन सम्पन्न भएको छ।
    कोलोराडो च्याप्टरको अध्यक्ष पदमा चन्द्र प्रकाश गुरुङ १ सय ४५ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी दिनेशकुमार श्रेष्ठले ७३ मत प्राप्त गरेका थिए। त्यस्तै, सचिव पदमा भुवन सापकोटा १ सय ४९ मतसहित विजयी बनेका छन् भने उनका प्रतिस्पर्धी अर्जुनकुमार कार्कीले ६९ मत प्राप्त गरेका थिए। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार उक्त मतपरिणाम प्राप्त भएको हो।
    यस्तै, पेन्सिलभेनिया च्याप्टरको अध्यक्ष पदमा नविन लामा १ सय ४८ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी प्रकाश भाईले १ सय ४२ मत प्राप्त गरेका थिए।
    निर्वाचन सम्पन्न भएपछि सोमबार निर्वाचन आयोगले टेक्ससको ड्यालसमा एक औपचारिक कार्यक्रम आयोजना गरी राष्ट्रिय समन्वय परिषद् तथा टेक्सास च्याप्टरका नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएको छ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.