Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    अमेरिकाको न्यूजर्सीमा पहिलोपटक नेपाल उत्सव

    June 3, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    अमेरिकाको न्यूजर्सीमा पहिलोपटक नेपाल उत्सव

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सास

    अमेरिकाको न्यूजर्सीमा बसोबास गर्ने नेपाली समुदायले पहिलोपटक “नेपाल डे परेड” आयोजना गरेका छन्।

    ग्रेटर जर्सी नेपाली समाज, न्यूजर्सी नेपाली समाज, गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका न्यूजर्सी च्याप्टर, एआरसी फर नेपाल, कारणका लागि महिला, फ्रेन्ड्स अफ नेपाल तथा अन्य स्थानीय सामाजिक संघसंस्था र न्यूयोर्कस्थित नेपाल सरकारका पर्यटन प्रवर्द्धकको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो।

    नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित नेपाल डे परेड कार्यक्रममा नेपाली तथा अमेरिकी समुदायको उत्साहजनक सहभागिता रहेको नेपाल सरकारका न्यूयोर्कस्थित पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले जानकारी दिए। कार्यक्रममा विविध मौलिक सांस्कृतिक झाँकीहरू तथा नेपालका विभिन्न पर्यटकीय स्थलहरूको जानकारीमूलक सामग्रीको प्रदर्शनी गरिएको थियो।

    नेपाल उत्सव कार्यक्रमप्रति स्थानीय अमेरिकी समुदायले पनि चासोपूर्वक अवलोकन गरेका थिए।

    संयुक्त राष्ट्रसंघका लागि नेपाल सरकारका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा र न्यूजर्सीस्थित फेरलन सिटीका उप–मेयर जोश रेईनिजले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका थिए।

    उद्घाटन अवसरमा बोल्दै राजदूत थापाले विदेशमा आयोजना गरिने यस्ता कार्यक्रमहरूले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए। उनले नेपाल पर्यटनका दृष्टिले सुरक्षित गन्तव्य रहेको भन्दै प्रवासी नेपालीहरूलाई यसको बारेमा सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरे।

    कार्यक्रममा पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठले उप–मेयर जोश रेईनिजलाई नेपालको पर्यटनसम्बन्धी जानकारीमूलक पुस्तकहरू हस्तान्तरण गर्दै नेपाल भ्रमणका लागि निमन्त्रणा गरे। उनले अमेरिकामा नेपाली समुदायको बसोबास क्रमशः वृद्धि हुँदै गइरहेको अवस्थामा पर्यटन प्रवर्द्धनमा सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउनु पर्नेमा जोड दिए।

    सञ्चारकर्मी विक्की पुलामी र मिस नेपाल इन्टरनेशनल २०१२ सुवेक्षा खड्काले कार्यक्रम सञ्चालन गरेका थिए भने स्थानीय कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।

    राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्जिव श्रेष्ठले कार्यक्रम निर्देशकको भूमिका निर्वाह गरेका थिए भने सतेन्द्र शाह कन्भेनर रहेका थिए। आयोजकहरूले आगामी वर्षहरूमा पनि नेपाल डे कार्यक्रम निरन्तर आयोजना गरिने जानकारी दिएका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.