नेपाली खबरीलाल
ड्यालस, टेक्सास
प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाको चौथो अधिवेशन टेक्सासको ड्यालसमा सम्पन्न भएको छ, जसबाट नयाँ नेतृत्व चयन गरिएको छ।
चौथो अधिवेशनबाट अध्यक्ष पदमा छवि पाण्डे निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि डा. थोमस बास्तोला, छवि पाण्डे र गोपाल कँडेलबीच प्रतिस्पर्धा भएकोमा पाण्डे विजयी भएका हुन्।
त्यसैगरी, उपाध्यक्ष पदमा डिबी राउत, गोविन्द खनाल, मैयाँ ढुंगाना, र सञ्जयसिंह केसी निर्वाचित भएका छन्। सचिव पदमा विजयराज भट्टराई निर्वाचित भएका छन् भने उपसचिव पदमा विजय बगाले, लोकनारायण थापा, साधना पन्त, र उपेन्द्र राउत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
सदस्य पदमा निर्वाचित हुनेहरूमा क्रमशः अर्जुन त्रिपाठी, बलभद्र खडायत, विजय बुढा, दीपक सापकोटा, दुर्गा विश्वकर्मा, दुर्गाकुमार आचार्य, गोपी ढुंगाना, प्रकाश बस्नेत, पुन्यवती पाठक, पुरुषोत्तम बराल, श्रीकृष्ण गौतम, सूर्य लिङ्देन, भुवन अधिकारी, शंकर लिङ्देन, र गणेशप्रसाद पौडेल रहेका छन्।

