Close Menu
Nepali Khabarilal
    What's Hot

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    ओएनएफ अमेरिकाको चौथो अधिबेशन शनिबारदेखि ड्यालसमा शुरु

    June 1, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस टेक्सस
    अमेरिकाको चौथो अधिवेशन शनिबार देखि टेक्सासको ड्यालसमा शुरु भएको छ । उक्त अधिबेशनको उद्घाटन गर्दै प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सन्जय थापाले प्रवासी नेपालीहरु संगठित प्रयासबाट प्रवासी नेपालीको हक अधिकार स्थापित गर्न सकिने बताउनु भयो ।
    बिश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुलाई संगठित गर्दै प्रवासमा सहयोग र नेपालमा अधिकारको लागि ओएनएफले पैरवी गर्दै आएको बताउँदै अध्यक्ष थापाले संगठित र सहकार्यको माध्यमबाट प्रवासी नेपालीको पक्षमा सकारात्मक पहल भएको दावी गर्नु भयो ।
    प्रवासमा प्रवासी नेपाली मन्चले अभिभावकको भूमिका निर्बाह गरेको बताउँदै क्यालिफोर्निया र टेक्सस लगायत बिदेशका बिभिन्न स्थानमा नेपाल सरकारको कन्सुलेट अफिस स्थापनामा संस्थाले अग्रपंक्तिमा रहेर पहल गरेको अध्यक्ष थापाको भनाई थियो ।
    यसै गरि प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटी सचिवालय सदस्य प्रभु थापाले आम प्रवासी नेपालीहरुको आशा र भरोसा रहेको प्रवासी नेपाली मन्च र यसका सदस्यहरु सामाजिक क्षेत्रमा अग्रपंक्तिमा देखिनु पर्ने कुरामा जोड दिनु भयो । हामी संस्थामा अनुशासन र पद्धती स्थापित गरिरहेका छौं । हामी सबै मिलेर संस्थामा सबैखाले अराजकता अन्त गर्नु पर्ने बिचार व्यक्त गर्नु भयो ।
    प्रवासी नेपाली मन्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले अमेरिकी कानून अन्तरगत दर्ता भएको संस्था भएकाले यसका गतिबिधिहरु पनि अमेरिका केन्द्रित हुनु पर्ने बिचार व्यक्त गर्नु भयो । बिगतका बर्षमा प्रवासी नेपाली मन्च अमेरिकाका कार्यक्रमहरुमा नेपालबाट अतिथी बोलाउने परिपाटीलाई यस पटक देखि अन्त गरिएको बताउनु भयो ।
    संस्थाका अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षता र सचिब छबि पाण्डेको संचालनमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका केन्द्रिय सदस्यहरु कुन्ती थापा, राजेन्द्र सिवाकोटी, प्रवासी नेपाली मन्च अमेरिका महादेश संयोजक ईश्वरी भट्ट, प्रवासी नेपाली मन्च अमेरिकाका संस्थापक जनक राना लगायत बिभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुले अधिबेशन सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । अधिबेशनको उद्घाटन कार्यक्रममा संस्थालाई सहयोग गर्ने बिभिन्न ब्यक्ति तथा संस्थालाई कदर पत्रद्धारा सम्मान गरिएको थियो ।
    कार्यक्रममा अधिबेशन मूल व्यवस्थापन समितिका संयोजक गोकर्ण दाहालले स्वागत गर्नु भएको अधिबेशनको उद्घाटन कार्यक्रममा बिभिन्न साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । अमेरिकाका बिभिन्न राज्य कमिटीबाट २ सय ३५ जना प्रतिनिधिहरु र ११ जना पर्यबेक्षकहरु रहेको अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने ओएनएफ अमेरिकाले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    “नेजा”को १९औँ साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न, नेजाका वर्तमान अध्यक्ष र दुई पूर्व अध्यक्ष सम्मानित

    लोकतन्त्र, सुशासन र समृद्धिका लागि प्रेस स्वतन्त्रता अपरिहार्य

    टेक्ससको ड्यालसमा संगीतमय रामायण महोत्सव, भक्तजनको उल्लेखनीय सहभागिता

    Demo
    Top Posts

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    “नेजा”को १९औँ साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न, नेजाका वर्तमान अध्यक्ष र दुई पूर्व अध्यक्ष सम्मानित

    Don't Miss
    Diaspora

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस अमेरिकाको टेक्सस राज्यस्थित नेपाली महावाणिज्यदूतावास, ड्यालसले सेवा सञ्चालन सुरु गरेको करिब…

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    “नेजा”को १९औँ साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न, नेजाका वर्तमान अध्यक्ष र दुई पूर्व अध्यक्ष सम्मानित

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.