Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    टेक्ससको राज्य संसदद्वारा १५ मे लाई “बुद्ध डे” घोषणा

    May 16, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरिलाल
    अस्टिन टेक्सस
    अमेरिकाको टेक्सस राज्य संसदको बिहिबार सम्पन्न बैठकले गौतम बुद्धको जन्म भूमि नेपाल भएको भन्दै हरेक बर्षको १५ मे लाई “बुद्ध डे” का रुपमा मनाउन एक संकल्प प्रस्ताब पारित गरेको छ । बिहिबार सम्पन्न राज्य सभाको बैठकमा सभामुख (स्पिकर) डस्टिन बुरोले पेश गर्नु भएको १५ मे लाई बुद्ध डे का रुपमा मनाउने सम्बन्धि प्रस्ताब सर्बसम्मत पारित भएको हो ।
    टेक्ससका बिभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने हाउस अफ रिप्रजेन्टेटिभ (राज्य सांसद)हरु डा. सुलेमान ललानी, टेरी मेजा, सलमान भोजानी लगायतले बुद्ध डे सम्बन्धि संकल्प प्रस्ताब तयार गरि संसदमा दर्ता गराएका थिए । उक्त अबसरमा नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र टेक्सस, नेपाली समाज टेक्सस, ग्रेटर अस्टिन नेपाली समाज, बुद्धिस्ट एशोसियसन अफ टेक्सस, तामाङ सोसाईटी अफ टेक्सस लगायत दर्जन बढी सँस्थाहरु, नेपाल, भियतनाम, कोलम्बिया, मेनमार लगायत बिभिन्न देशका ६० भन्दा बढी बौद्ध भिक्षुहरुको उपस्थिती रहेको थियो ।
    टेक्सस राज्यको संसद नेपाल मैत्री बन्दै गएको भन्दै यहाँका नेपाली समुदायले खुशी व्यक्त गरेका छन । टेक्ससको राज्य संसदमा हालसम्म नेपालीमूलका साँसदहरुको प्रतिनिधित्व छैन । तर नेपाल सम्बन्धि प्रस्ताबमा हाउस अफ रिप्रजेन्टेटिभ (राज्य सांसद)हरुले उच्च महत्व दिदै आएको नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले बताउनु भयो ।
    टेक्सास नेपाली समुदायको बाक्लो बसोवास भएको राज्य हो । टेक्ससमा नेपाल र नेपालीको पहिचान स्थापित गराउनका लागि यहाँका नेपाली समुदायहरुले लामो समय देखि पैरवी गर्दै आएका थिए । हाल सम्म टेक्ससको राज्य संसदबाट नेपाल डे, लुम्बिनी डे, सम्बन्धि संकल्प प्रस्ताब पारित भई सकेका छन । बुद्ध डे मनाउने सम्बन्धि संकल्प प्रस्ताब तेश्रो हो ।
    बुद्ध डे मनाउने सम्बन्धि प्रस्ताब नेपाल र नेपालीहरुको पहिचानको पक्षमा भएको थप सफलता भएको ग्रेटर अस्टिन नेपाल समाजका अध्यक्ष बिदुर खतिवाडाले बताए । अध्यक्ष खतिवडाका अनुसार टेक्सासको राज्यसभाले गौतम बुद्धको जन्मभूमि नेपालको लुम्बिनी भएको स्वीकार गरि संकल्प प्रस्ताब पारित गरेकाले हरेक बर्षको १५ मे लाई बुद्ध डे का रुपमा बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईने छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.