नेपाली खबरिलाल
लसभेगस, अमेरिका
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवौं अधिवेशन मे १० र ११, २०२५ मा नेभाडा राज्यको लस भेगस शहरमा हुने भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा प्रमुख अतिथी रहने उक्त अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कन्भेनर रोशन अधिकारीले जानकारी दिए ।
कन्भेनर अधिकारीका अनुसार उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेजाको अधिवेशनमा ८१ जना प्रतिनिधिहरु तथा अन्य अतिथीहरु, पर्यबेक्षक गरि २ सय जनाको सहभागिता रहने छ । अधिबेशनले आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने नेजाले जनाएको छ ।
अधिबेशनको उद्घाटन कार्यक्रममा नेजाको वार्षिक प्रकाशन ‘प्रयास’ को बिमोचन तथा बिभिन्न पत्रकारिता सम्मान तथा पत्रकारिता पुरस्कार बितरण गरिने नेजाका महासचिब बाबुराम दाहालले जानकारी दिनु भयो ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अधिशेनको लागि नेभाडा राज्यको लसभेगस शहरलाई चयन गरेकोमा स्थानीय नेपाली समुदायले खुशी व्यक्त गरेका छन् । नेजाको अधिबेशनले समुदाय र मिडिया बिचको सहकार्य अझ बढ्ने बिश्वास लिईएको एनआरएनए नेभाडा राज्य च्याप्टरका अध्यक्ष दुर्गा प्याकुरेलले बताउनु भयो ।

