नेपाली खबरीलाल
ड्यालस, टेक्सस
टेक्सासको ड्यालस फोर्टवर्थमा मधेशी समुदायले पहिचान सहित होली पर्ब मनाएका छन । मधेशी एशोसियशन ईन अमेरिका(माँ) र अमेरिका मधेश समाजले शनिबार ड्यालसको ग्रेपभाईन लेकमा संयुक्त रुपमा होली उत्सब कार्यक्रम आयोजना गरेका थिए ।
ड्यालसको सुन्दर पर्यटकीय क्षेत्र ग्रेपभाईन लेकमा आयोजना गरिएको होली कार्यक्रममा ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने मधेशी समुदायहरु आफ्नो मौलिक पोशाक सहित सहभागि भएका थिए । होली उत्सब कायृक्रममा मधेशीहरु एकै स्थानमा जम्मा भएर होलीको शुभकामना साटासाट गरे । तराई मधेशमा चर्चित होली गीतमा छमछमी नाचे । एक आपसमा होलीको रंग लगायर ग्रेपभाईन लेकलाई रंगीन बनाए । कार्यक्रममा सुनिल शाह लगायतका मधेशी अगुवाहरु सहभागि भएका थिए ।

