नेपाली खबरीलाल
ड्यालस टेक्सस
बाग्लुङ्ग सेवा समाज अमेरिकाको टेक्सास च्याप्टरमा नयाँ नेतृत्व चयन गरिएको छ । अमेरिकाको टेक्ससको बिभिन्न स्थानमा बसोवास गर्दै आएका बाग्लुङ्ग जिल्लाबासीहरुको भेलाबाट समाजको राजु रिजालको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको हो ।
समाजको नयाँ कार्य समितिको बरिष्ठ उपाध्यक्षमा मुकुन्द कंडेल तथा अन्य उपाध्यक्षहरूमा क्रमस ः धु्रब भुसाल, शालिक सापकोटा र श्री कृष्ण आचार्य रहनु भएको छ । यसैगरि समाजको महासचिवमा ज्योती अधिकारी, सचिवमा सुबोध के.सी. तथा कोषाध्यक्षमा मीलन सुबेदी चयन हुनु भएको समाजले जनाएको छ ।
यसैगरि सदस्यहरुमा सीता सापकोटा, प्रेम कंडेल, रामकृष्ण सापकोटा, बबिता शर्मा, सम्झना थापा, लेखनाथ गौतम, अर्जुनराज पन्त, जीवन शर्मा, सुरेन्द्र रेग्मी, गोविन्दप्रसाद कंडेल, चित्र भट्टराई, छबिराज सुनार र तिलक थापा चयन हुनु भएको नव निर्बाचित अध्यक्ष राजु रिजालले बताउनु भयो ।
बाग्लुङ्ग सेवा समाज अमेरिकाको टेक्सास च्याप्टरमा नयाँ नेतृत्व चयन
1 Min Read
