Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    टेक्सासको ड्यालसमा आईतबार मेघा होली हुने, नेपालीहरु सुबिधा अनुसार होली पर्ब मनाउँदै

    March 7, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस टेक्सास
    नेपाली पात्रो अनुसार यस बर्षको होली पर्ब मार्च महिनाको १३ (पहाडी जिल्ला) र १४ (तराई जिल्ला) तारेखमा परेको छ । तर अमेरिकाको टेक्सासमा रहेका नेपाली समुदायमा भने एकसाता अघि देखि नै होली पर्बको रमझम शुरु भईसकेको छ । टेक्सासमा रहेका नेपाली समुदायका संस्थाहरु आफुले आयोजना गर्ने होली बिशेष कार्यक्रमको ब्यानर सामाजिक सन्जाल मार्फत सार्बजनिक गरिरहेका छन ।
    होली पर्ब मनाउन अमेरिकाको परिबेश नेपालको जस्तो अनुकुल छैन । प्रवासमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गरि सबैलाई पायक पर्ने दिन र उपलब्ध सार्बजनिक स्थानमा होली मनाउनु पर्ने बाध्यता रहेको छ । टेक्सास स्थित नेपाली समुदायका जातीय तथा क्षेत्रीय संस्थाहरुले सबैलाई पायक पर्ने दिन र स्थानमा संयुक्त र छुट्टा छुट्टै होली मनाउने भएका छन ।
    टेक्सासको ड्यालस स्थित ग्रेपभाईन पार्कमा ९ मार्च आईतबारका दिन मेघा होली आयोजना हुँदैछ । नेपाली समाज टेक्सस, नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र र ईन्द्रेणी साँस्कृतिक संघले संयुक्त रुपमा मेघा होली आयोजना गर्ने भएका हुन । उक्त मेघा होलीमा गैरआवासीय नेपाली संघ टेक्सस च्याप्टर, लुम्बिनी सेवा समाज अमेरिका, सुदूरपश्चिम नेपाली समाज टेक्सास, मगर संघ टेक्सस, तामाङ समाज टेक्सस, झापाली समाज अमेरिका, किरात राई समाज अमेरिका, टेक्सोमा नेपाली समाज, टेक्सस, नेपाली साँगीतिक साँस्कृतिक समुह, टेक्सस र युकेरोअ टेक्सस लगायतका संस्थाहरुले मेघा होली पर्बमा सहभागिता जनाउने नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले जानकारी दिनु भयो ।
    अध्यक्ष वाग्लेका अनुसार सबै नेपाली सँस्थाका लक्षित समुदाय एउटै भएको र अमेरिकामा अधिकाँश नेपालीहरु काममा व्यस्त रहनु पर्ने भएकाले सम्भव भए सम्म सबैको सहभागिता हुने गरि मेघा होली कार्यक्रम आयोजना गरिएको हो । आगामी दिनमा नेपाली चाडपर्बहरुलाई छुट्टा छुट्टै आयोजना नगरि संयुक्त रुपमा मनाउन प्रयास गरिने नेपाली समाज टेक्सासले जनाएको छ ।
    ड्यालसको ग्रेपभाईन पार्कमा आयोजना हुने मेघा होली कार्यक्रममा होली बिशेष साँस्कृतिक कार्यक्रम, एक आपसमा रंग लगायर होली पर्बको शुभकामना आदान प्रदान कार्यक्रम लगायका कार्यक्रम आयोजना हुनेछन ।
    यस्तै टेक्सासमा रहेका मधेशी समुदायले छुट्टा छुट्टै होली पर्ब आयोजना गर्दैछन । अमेरिका मधेशी समाज टेक्सासले मार्च ९ आईतबारका दिन ग्रेपभाईन लेकमा होली बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ भने मधेशी एशोसियशन ईन अमेरिका(माँ) ले १५ मार्च शनिबारका दिन ग्रेपभाईन लेकमा होली कार्यक्रम आयोजना गर्दैछ ।
    यसैगरि ग्रेटर अस्टिन नेपाली समाज अस्टिनले पनि यस बर्षको होली पर्ब १५ मार्च शनिबारका दिन मनाउन लागेको सो सँस्थाले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.