Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    जय नेपाल इन्टरनेशनल फाउन्डेसनद्वारा ग्लोबल महिला नेटवर्कको घोषणा

    March 3, 20253 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सस
    जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गरेको छ । फाउन्डेसनद्वारा हालै आयोजना गरिएको वेबिनार मार्फत विनीता अधिकारीको अध्यक्षतामा गठित ४० सदस्यीय विश्व महिला संजालको घोषणा गरिएको हो ।
    नेपाली काँग्रेसकी केन्द्रीय सह–महामन्त्री तथा पूर्व मन्त्री महालक्ष्मी उपाध्याय (डिना) को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा घोषणा गरिएको विश्व महिला संजालको महासचिवमा प्रतिज्ञा अधिकारी रहनु भएको छ ।
    यसैगरि सन्जालका अन्य सदस्यहरुमा क्रमस लक्ष्मी खरेल, उर्मिला कँडेल जोशी, निर्मला खड्का, अर्पना खड्का, निर्मला फुलारा ठाकुर, सिता अर्याल, अनु थापा, अप्साना कँडेल, भावना खनाल अर्याल, बिन्दु दुलाल, दीपा सिवाकोटी, दुर्गा तिवारी, ललिता शाह, लेमु दाहाल, निर्मला सुर्खाली, पुष्पा पोख्रेल, सरिता न्यौपाने, रामकुमारी दराल, रश्मिता कार्की, सचिना बानिया, सपना खाया, सरस्वती ओली, श्रद्धा अधिकारी, सिता खुलाल मगर, तारा खड्का मिश्र, जयकला राई, गीता रेउले, ज्योत्स्ना अधिकारी, गंगा कँडेल, मीनमाया खरेल, सुनिता कँडेल लामिछाने, निर्मला परियार, प्रिन्सेस खरेल, जेनिसा उप्रेती, पविता देवकोटा रेग्मी, लक्ष्मी खड्का खत्री, इन्दिरा बराल, स्मृति कार्की र रिता गुरुङ रहेको जय नेपाल इन्टरनेशनल फाउन्डेसनले जनाएको छ ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रीय सह–महामन्त्री तथा पूर्व मन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले जय नेपाल इन्टरनेशनल फाउन्डेसनको स्थापना देखि नै आफूले बुझिरहेको र आगामी दिनमा गठित महिला नेटवर्कसङै रहेर कार्य गर्न समेत तत्पर रहेको बताउनु भयो। प्रजातन्त्रको पुनस्र्थापना पहिला र अहिलेको अवस्थामा राज्नैथिक स्वरूपमा समेत केही परिवर्तन देखिन थालेको हुँदा यसलाई सफा गर्न समेत सबैले मिलेर लाग्नु पर्ने प्रमुख अतिथि डिना उपाध्यायले बताउनु भयो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेसकी केन्द्रीय सह–महामन्त्री तथा पूर्व मन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले जय नेपाल इन्टरनेशनल फाउन्डेसनको स्थापनादेखि नै आफूले बुझिरहेको र आगामी दिनमा गठित महिला नेटवर्कसङै रहेर कार्य गर्न समेत तत्पर रहेको बताउनु भयो ।
    कार्यक्रमका बोल्दै जय नेपाल इन्टरनेशनल फाउन्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डितल कर्मभूमि तथा मातृभूमिको विकास तथा महिलाका सवालमा टेवा पु¥याउनको लागि बिश्व महिला सन्जाल निर्माण गरिएको बताउनु भयो । डा.पण्डितले फाउन्डेशनको ३८ भन्दा बढी च्याप्टर, ग्लोबल नलेज नेटवर्क, ग्लोबल युथ नेटवर्क, ग्लोबल मिडिया नेटवर्क गठन गरिसकेको समेत सम्बोधनका क्रममा जानकारी दिनु भयो ।
    कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईँ, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, जय नेपाल फाउनडेशन नेपालका अध्यक्ष बद्री अर्याल, ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेल तथा महासचिव नवराज न्यौपाने, ग्लोबल मिडिया नेटवर्कका संयोजक भगीरथ योगी, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका पूर्व उपाध्यक्ष दिलु पराजुली, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका युवा–उपाध्यक्ष तथा ग्लोबल युथ नेटवर्कका सदस्य अनुप खनालले नवगठित समितिलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
    बिश्व महिला सन्जालमा २० भन्दा बढी देशबाट जुझारु र जोशिला महिलाहरू जोडिएको फाउन्डेशनका महासचिब अग्नी चौलागाईले बताउनु भयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.