नेपाली खबरिलाल
ड्यालस, टेक्सास
प्रवासी नेपाली मञ्च केन्टकी राज्य कमिटी अमेरिकाको तेस्रो अधिवेशन शिवशंकर देवकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै केन्टकीको लेक्जिङटन सहरमा सम्पन्न भएको छ ।
अधिवेशनले केन्टकी राज्य कमिटीको उपाध्यक्षमा अनुप बस्नेत, सचिवमा गणेश अधिकारी, उपसचिवमा बल टमाटालाई चयन गरेको छ । यसैगरि सदस्यहरूमा क्रमस ः पुरुषोत्तम सापकोटा, जयराम तिमिल्सिना, बिमल बडाल, जीवन शाही, केशव बस्नेत, जनक ढकाल, त्रिपुरा सुन्दरी पौडेल, निराजन चौधरी र एकजना पछि कमिटीले मनोनित गर्ने गरी १३ सदस्यीय कमिटी चयन गरेको मन्चले जनाएको छ ।
ओएनएफ केन्टकी राज्य कमिटीको तेस्रो अधिवेशन उद्घाटन गर्दै मन्चका अमेरिका महादेशीय कमिटी सदस्य केशवराज लोहनीले अमेरिकाको कानुनअनुसार दर्ता भएको सामाजिक संस्था भएकाले ओएनएफले नेपाल र अमेरिकामा उत्कृष्ट सामाजिक कार्य गरिरहेको दावी गर्नु भयो ।
केन्टकी राज्य कमिटीका अध्यक्ष टेकराज भट्टराईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा राष्ट्रिय कमिटी उपाध्यक्ष गोपाल कँडेल, राष्ट्रिय कमिटी सचिव तथा संगठन विभाग प्रमुख छवि पाण्डे, उपसचिव थोमस बास्तोला, युएनडीओका भाइस प्रेसिडेन्ट तथा सामाजिक व्यक्तित्व शशिचन्द्र अधिकारी राष्ट्रिय कमिटी सदस्य घनश्याम खनाल, मोहनी डुम्रे तथा राष्ट्रिय कमिटी सल्लाहकार एकनारायण सुवेदी एनआरएनए केन्टकी च्याप्टरका अध्यक्ष सुन्दरमणि पौडेल, एन.ए.एस.के.का अध्यक्ष बद्री दाहाल, ए.एन.के.ए. का सचिव भरत उप्रेती, प्रवासी नेपाली मञ्च ओहायो, राज्य कमिटी अध्यक्ष विजय थापालगायत स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूले शुभकामना दिनु भएको थियो ।
प्रवासी नेपाली मञ्च केन्टकीमा नयाँ नेतृत्व चयन
1 Min Read
