नेपाली खबरिलाल
लस एन्जल्स, क्यालिफोर्निया
क्यालिफोर्नियाको लस एन्जल्स स्थित नेपाल अमेरिका एकता समाजमा नयाँ नेतृत्व चयन गरिएको छ । समाजको आईतबार सम्पन्न साधारणसभा तथा अधिवेशनवाट अर्जुन पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।
नेपाल अमेरिका एकता समाजका नयाँ चयन भएका पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष राजेश निरौला, उपाध्यक्षमा रमेश श्रेष्ठ, महासचिवमा अजितबाबु घिमिरे, सचिवमा डा.दिलासा न्यौपाने र कोषाध्यक्षमा अमित महतो रहेका छन् । यसै गरि सदस्यहरुमा क्रमस ः उत्तम थापा, महेन्द्र मगर, भूमिराज कंडेल, हरिश पौडेल र लोकराज पडाल निर्बाचित भएको समाजले जनाएको छ ।
समाजका अध्यक्ष रोशन अधिकारीको अध्यक्षता तथा सचिब शम्भु शिवाकोटीको सन्चालनमा सम्पन्न साधारणसभा तथा अधिवेशनको नेपाल सरकारका महावाणिज्य दूत ऋषि ढकालले उद्घाट्न गर्नु भएको थियो ।
कार्यक्रममा समाजसेवी बेदभक्त जोशी, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समिति अमेरिकाज क्षेत्र महिला संयोजक ईन्दिरा त्रिपाठी, एनआरएनए अमेरिकाका उपाध्यक्ष ज्ञानेन्द्र गुरुङ, पशुपतिनाथ फाउण्डेशन लस एन्जल्सका अध्यक्ष बिमल श्रेष्ठ, पूर्व अध्यक्ष भक्त थापा, बोर्ड अफ ट्रष्टी अध्यक्ष एकराज पाण्डे, विधान समिति संयोजक राजेन्द्र शिवाकोटी, एनडब्लुजिएन, लसएन्जल्स अध्यक्ष सपना सेढाई, नेपाल अमेरिका पत्रकार संघका कार्यसमिति सदस्य हेमराज बराल, निर्वाचन समिति संयोजक लोकनाथ तिम्सिना लगायतले साधारणसभा तथा अधिवेशनमा शुभकामना मन्तब्य दिएका थिए ।

