नेपाली खबरिलाल
ड्यालस, टेक्सस
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य तथा साँसद गणेश पराजुलीले बर्तमान सरकार जुनसुकै समयमा ढल्न सक्ने बताउनु भएको छ । लोकतन्त्रको मर्म र भावना बिपरित बर्तमान सरकार निर्माण भएकाले यो सरकार परिबर्तन हुदैन भनेर भन्न सकिदैन, आज टेक्सासको ड्यालसमा नेपाली समुदायका अगुवाहरुसँगको अन्तरकृया कार्यक्रममा रास्वपा नेता पराजुलीले बताउनु भएको हो ।
यो सरकार जनतालाई सुशासन र बिकास दिने भन्दा पनि आफ्ना दलसँग सम्बन्धित भ्रष्टाचारीहरुलाई कसरी सँरक्षण गर्न सकिन्छ भनेर लागि परेको छ । जनबिरोधी गतिबिधिहरुले सरकारको जग हल्ली सकेकाले सरकार ढल्न सक्ने अवस्थामा पुगेको दावी गर्नु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी भ्रष्टाचार बिरोधी पार्टी भएकाले पार्टी सरकारमा भएका बेला भ्रष्टाचार बिरुद्धका सबै मुद्दा कारवाहीको लागि अगाडी बढाएको नेता पराजुलीले बताउनु भयो ।
सहभागिहरुको एक सवालमा पराजुलीले भ्रष्टाचार बिरुद्धका मुद्दाको कारवाही अगाडी बढ्ने भएपछि अपबित्र गठबन्धन बनेको र अहिले सोही बदलामा पार्टी सभापति रबि लामिछानेलाई मुद्दा माथी मुद्दा लगाएर दुःख दिन थालेको आरोप लगाउनु भयो ।
सरकारले दक्ष जनशक्तिलाई बिदेश पठाउन सहज बनाउँदै गएको छ तर बिदेशमा नेपालीहरुले सिकेका ज्ञान सीप र आर्जन गरेको श्रोतलाई नेपालमा प्रयोग गर्ने बातावरण सरकारले बनाउन नसकेको नेता पराजुलीको भनाई थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रवासी नेपालीहरुलाई मातृभूमिसँग जोड्न अभियान थालेको र सोही अभियानका क्रममा आफु अमेरिका भ्रमणमा रहेको समेत बताउनु भयो ।
कार्यक्रममा टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रका नेपाली समुदायका अगुवाहरु, पत्रकारहरुको सहभागिता रहेको थियो ।
बर्तमान सरकार जतिखेर पनि ढल्न सक्छ ः रास्वपा नेता गणेश पराजुली
2 Mins Read
