Close Menu
Nepali Khabarilal
    What's Hot

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    नेपाली जनसम्पर्क समितिहरुको अधिबेशन ६ महिना भित्र ः काँग्रेस नेता किरण पौडेल

    January 12, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरिलाल
    ड्यालस, टेक्सास
    नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय बिभाग प्रमुख किरणराज शर्मा पौडेलले नेपाली जनसम्पर्क समितिहरुको अधिबेशन ६ महिना भित्र सम्पन्न गरिसक्ने बताउनु भएको छ ।
    ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शनिबार नेपाली जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले अधिबेशन सम्पन्न हुन बाँकी सबै देशका नेपाली जनसम्पर्क समितिहरुको अधिबेशन ३ महिना देखि ६ महिना भित्र सम्पन्न गर्न नेपाली काँग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय बिभागले तयारी थालेको जानकारी दिनु भयो ।
    बिदेशमा रहेका नेपाली जनसम्पर्क समितिहरु नेपाली काँग्रेसका मेरुदण्ड भएको भएको बिचार व्यक्त गर्दै काँग्रेस नेता पौडेलले नेपाली जनसम्पर्क समितिमा आबद्ध नेता कार्यकर्ताहरुलाई सकृय र चलायमान बनाउनका लागि अधिबेशन सम्पन्न गरि नयाँ नेतृत्व चयन हुनु पर्ने बिचार व्यक्त गर्नु भयो । नेता पौडेलले बिदेशी नागरिकता प्राप्त व्यक्ति पनि सम्बन्धित देशको कानून अनुसार नेपाली जनसम्पर्क समितिमा आबद्ध र सकृय हुन पाउने गरि नेपाली काँग्रेसले बिधानमा व्यवस्था गरेकाले सबै लोकतन्त्रबादीहरु नेपाली जनसम्पर्क समितिमा आबद्ध हुन आह्वान समेत गर्नु भयो ।
    नेपाली जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ शाखाका अध्यक्ष ज्ञानेन्द्रराज कार्कीको अध्यक्षता तथा बादल भुजेलको सन्चालनमा सम्पन्न अन्तरकृया कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता पौडेलले जननेता बिपी कोईरालाले नेपालको राष्ट्रियता र प्रजातन्त्रको पुनस्र्थापनाका लागि बि.सं. २०३३ सालमा अबलम्बन गरेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति अहिले पनि सान्दर्भिक रहेको चर्चा गर्नु भयो । नेपालमा दिगो शान्ति, सुशासन तथा समुन्नत नेपाल निर्माणको लागि राजनैतिक दल भित्रको आन्तरिक लोकतन्त्र र राजनैतिक दलका बिचको आपसी एकता र मेलमिलाप बलियो हुनु पर्ने नेता पौडेलको जोड थियो ।
    अर्का अतिथी बक्ता नेपाल टेलिभिजनका पूर्ब अध्यक्ष समिरजँग शाहले बिपी कोईरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको महत्वको वारेमा चर्चा गर्नु भएको थियो । राष्ट्रिय एकता तथा मेलमिलापको नीति अहिले पनि उत्तिक्कै सान्दर्भिक रहेको बताउँदै नेपाली काँग्रेसले पार्टी भित्रबाट एकता र मेलमिलापको राजनीति शुरु गर्नु पर्ने शाहको भनाई थियो ।
    कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्ब अध्यक्ष बिष्णु सुबेदी, गैरआवासीय नेपाली सँघका महासचिब गौरीराज जोशी, गैरआवासीय नेपाली सँघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष बिकास उप्रेती, प्रवासी नेपाली मन्च अमेरिकाका उपाध्यक्ष गोकर्ण दाहाल, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले तथा पत्रकारहरुको तर्फबाट नेजाका पूर्ब अध्यक्ष बिकासराज न्यौपानेले अमेरिकामा गैरआवासीय नेपालीको बर्तमान अवस्था, गैरआवासीय नेपालीकहरुका सवालहरु र नेपाल सरकारले सम्बोधन गर्नु पर्ने विषयका बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता भगवान मैनालीले स्वागत गर्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    अमेरिका भ्रमणमा रहेका रास्वपा नेता मनीष झाले जुलाई ५ मा ड्यालसमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

    अमेरिकाको क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय फिर्ता लिन एनआरएनए अमेरिका र ओएनएफ अमेरिकाको आग्रह

    Demo
    Top Posts

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Don't Miss
    Diaspora

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपाली खबरीलाल अस्टिन, टेक्सस गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको नाममा विगत…

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.