नेपाली खबरिलाल
ड्यालस, टेक्सास
यस बर्षको माघे सँक्रान्ती पर्ब टेक्ससको ड्यालसमा उत्सबको रुपमा मनाईने भएको छ । मगर समुदायको लोकप्रिय पर्ब माघे संक्रान्ती पर्बलाई मगर संघ अमेरिका टेक्सस च्याप्टरले जनवरी ११ शनिवारका दिन उत्सबको रुपमा मनाउन लागेको हो ।
मगर संघ अमेरिका टेक्सस च्याप्टरले सार्बजनिक गरेको व्यानर अनुसार माघे सँक्रान्ती उत्सबमा जनवरी ११ शनिवारका दिन अर्भिङ स्थित कन्भेन्सन प्लाजा बलरुममा मगर सँस्कृति झल्किने बिभिन्न साँस्कृतिक कार्यक्रम, शुभकामना आदान प्रदान कार्यक्रम तथा मगर समुदायको मौलिक खानाको परिकारको प्रदर्शनी गरिने छन । कार्यक्रम आउँदो जनवरी ११ शनिवारका दिउसो ४ बजे देखि राती ११ बजेसम्म सन्चालन हुने मगर संघ अमेरिका टेक्सस च्याप्टरका अध्यक्ष भिम थापाले जानकारी दिनु भयो ।
अध्यक्ष भिम थापाका अनुसार माघे सँक्रान्ती उत्सब कार्यक्रममा चर्चित लोक दोहोरी गायिका अमृता लुङ्गेलीमगर, संगीतकार तथा गायक भिम चापागाईं, लोकदोहोरी गायक छविराज सुनार, चर्चित कलाकार लिलु गुरुङ लगायत मगर संघ अमेरिका टेक्सास च्याप्टर साँस्कृतिक विभागका कलाकारहरुले सँगै नौमती बाजामा लोकदोहोरी प्रस्तुत गर्ने कार्यक्रम समेत तय भएको छ ।
भौतिक रुपमा जहाँ भएपनि मगर समुदायका लोकप्रिय चाडपर्बहरु, मौलिक भेषभुषा, सँस्कृति तथा खानाका परिकारहरुको सँरक्षण गर्ने र दोश्रो पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यका साथ उत्सब कार्यक्रमको आयोजना गरिएको मगर संघ अमेरिका टेक्सास च्याप्टरले जनाएको छ ।
“जहाँ रहेपनि जहाँ बसेपनि नभुलौ हाम्रो मातृभुमीलाई, जोगाइ राखौ युगौ युग हाम्रो मौलिक कला र सँस्कृतीलाइ” भन्ने नाराका साथ मगर समुदायका बिबिध साँस्कृतिक चाडपर्बहरु मनाउँदै आएको छ । मगर समुदायले आयोजना गर्ने कार्यक्रममा अन्य नेपाली समुदाउको पनि उल्लेख्य रुपमा सहभागिता हुने गरेको छ ।
