Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    ओएनएफ अमेरिकाको चौंथो राष्ट्रिय अधिबेशन टेक्सासको ड्यालसमा हुने

    January 7, 20252 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरिलाल
    ड्यालस, टेक्सस
    प्रवासी नेपाली मन्च अमेरिकाको चौंथो राष्ट्रिय अधिबेशन टेक्सासको ड्यालसमा हुने भएको छ । मन्चको यही जनवरी ४ तारेखमा सम्पन्न तेइसौं बिस्तारित बैठकले आगामी जुन महिनाको ७ देखि ९ तारेख सम्म टेक्सासको ड्यालसमा आयोजना गर्ने निर्णय गरेको हो ।
    बैठकले मन्चको चौंथो चौंथो राष्ट्रिय अधिबेशन सफल बनाउनका लागि मञ्चका उपाध्यक्ष गोकर्ण दाहालको संयोजकत्वम मूल ब्यबस्थापन कमिटी तथा अन्य बिभिन्न उप कमिटीहरु पनि गठन गरेको मन्चले जनाएको छ ।
    मूल ब्यबस्थापन कमिटीको सचिवमा विजय भट्टराई र सदस्यहरुमा भुवन अधिकारी, मणि भण्डारी, संजय के सी, शंकर लुन्गेली, नेत्र पाण्डे, राजु नेपाल, मधुशुधन ज्ञवाली, लक्ष्मण थापा, मनिष थापा, डा. नवराज दाहाल र लक्ष्मण घिमिरे रहनु भएको छ ।
    त्यसैगरि बैठकले उपाध्यक्ष गोपाल कंडेलको संयोजकत्वमा आर्थिक ब्यबस्थापन कमिटी, उपाध्यक्ष मैया ढुंगानाको संयोजकत्वमा अथिति सत्कार कमिटी गठन, उपाध्यक्ष भिम ओलीको संयोजकत्वमा प्रचार प्रसार कमिटी, सचिब छबि पाण्डेको संयोजकत्वमा प्रतिनिधि ब्यबस्थापन कमिटी, सांस्कृतिक बिभाग प्रमुख घनश्याम खनालको सँयोजकत्वमा सांस्कृतिक कमिटी गठन गरेको मन्चले जनाएको छ ।
    बैठकले अधिबेशन गर्न बाँकी रहेका सम्पुर्ण राज्य कमिटीहरुको अधिबेशन यहि मार्च ३१, २०२५ भित्र अनिबार्य रूपमा सम्पन्न गरिसक्नु पर्ने र सम्पूर्ण राज्य कमिटीले अधिबेशन हुनुअघि नै प्रवासी नेपाली मंचको सदस्यता नबिकरण र नयाँ सदस्यहरु बनाउने निर्णय गरेको छ ।
    प्रवासी नेपाली मन्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा सम्पन्न सो बिस्तारित बैठकमा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा अमेरिका इन्चार्ज घनश्याम पाण्डे, बिशेष अतिथि प्रबासी नेपाली मंच, अन्तराष्ट्रिय कमिटीका अध्यक्ष संजय थापा तथा अन्य अतिथिहरुमा अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका महादेश इन्चार्ज प्रभु थापा, सदस्य जानकी कार्की, अमेरिका महादेश कमिटीका संयोजक इश्वरी भट्ट, उप–संयोजक बुद्ध लामा, अन्तराष्ट्रिय कमिटी अन्तर्गत प्रचार विभागका सचिब कमल ओझा, मंचका अमेरिका सल्लाहकार संयोजक डा. रूद्र अर्याल, बुद्धिजीबी बिभाग संयोजक कुलमणि आचार्य रहनु भएको प्रचार बिभाग प्रमुख भिम ओलीले जानकारी दिनु भयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.