Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    टेक्सासको ड्यालस फोर्टवर्थमा “क्रिसमस पर्ब” हर्षोल्लासका साथ मनाईयो

    December 26, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरिलाल
    ड्यालस, टेक्सास
    यस बर्षको क्रिसमस डे पर्व टेक्सासको ड्यालस फोर्टवर्थमा बसोबास गर्ने नेपाली समुदायले बुधबार हर्षोल्लासका साथ मनाएका छन । क्रिसमस पर्बका अवसरमा इसाई धर्मालम्बीका साथै हिन्दु नेपाली समुदायले पनि घरघरमा दुईसाता अघि देखि क्रिसमस ट्रि का साथै रँगीन क्रिसमस लाईटले घर सजाएका थिए ।
    क्रिसमस पर्बका अवसरमा ड्यालस र फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायका मण्डलीहरुले बुधबार बिशेष कार्यक्रमको आयोजना गरे । टेक्सासको फोर्टवर्थ सागिना स्थित जिवित मित्र मण्डलीले क्रिसमस पर्बको अवसरमा बुधबार बिबिध साँस्कृतिक कार्यक्रम, नाटक प्रदर्शन, प्रबचन, उपहार तथा शुभकामना आदान प्रदानका साथै दिवा भोज कार्यक्रम आयोजना गरेको थियो ।
    जिवित मित्र मण्डलीको सभाकक्षमा आयोजना गरिएको क्रिसमस कार्यक्रममा मण्डलीका पास्टर दल तामाङले मेरी क्रिसमस पर्बको महत्व, येशुको शिक्षा एवं उपदेशको वारेमा प्रबचन दिनु भएको थियो ।
    यसैगरि टेक्सासको ड्यालस स्थित नेपाली गसफल सर्कल मण्डली अर्भिङले यस बर्षको क्रिसमस पर्बको अबसरमा बुधवार अर्भिङमा बिशेष कार्यक्रमको आयोजना गरेको थियो । अर्भिङ स्थित क्यालभरी चर्चको सभाकक्षमा आयोजना गरिएको क्रिसमस पर्ब कार्यक्रमा नेपाली समुदायका अगुवाहरु, सामाजिक अभियन्ताहरु, पत्रकारहरुको पनि सहभागिता रहेको थियो ।
    उक्त अवसरमा बिविध साँस्कृतिक कार्यक्रम, सन्देशमूलक नाटक, शुभकामना तथा उपहार आदान प्रदान कार्यक्रम आयोजना गरिएको नेपाली गसफल सर्कल मण्डली अर्भिङका पास्टर राजेन्द्र थापाले जानकारी दिनु भयो । क्रिसमस डेमा बोल्ने बक्ताहरुले क्रिसमस केवल एउटा चाड मात्र नभएर एक प्रिय परम्परा भएकाले परिवार र समुदायलाई एकजुट बनाउने बिचार व्यक्त गरेका थिए ।
    उक्त अवसरमा नेपाली समाज टेक्सासद्वारा बालबालिकाहरुका लागि उपलब्ध गराईएको उपहारहरु बितरण गरिएको थियो ।
    इसाई धर्मालम्बी नेपाली समुदायले आयोजना गरेको क्रिसमस पर्ब कार्यक्रममा हिन्दु धर्मालम्बीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
    येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीहरुले हरेक बर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २५ का दिन क्रिसमस मनाउने गर्दछन । ड्यालसको अर्भिङ र फोर्टवर्थको सागिनामा मनाईएको क्रिसमस डे कार्यक्रममा येशु ख्रिष्टको जन्मदिनको केक समेत काटिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.