नेपाली खबरिलाल
ड्यालस, टेक्सास
अमेरिकाको टेक्सासमा रहेका मधेसी समुदायले यस बर्षको छठ पर्ब हषोल्लासका साथ मनाएका छन । टेक्सासका बिभिन्न स्थानमा बसोवास गर्ने मधेसी समुदायले शुक्रबार बिहान उदाउदो सूर्यलाई अर्घ दिएर छठ पर्बको समापन गरेका थिए । छठ पर्बको अबसरमा डेन्टन र अस्टिनको पशुपतिनाथ मन्दिर नजिकको तलाउलाई सजाईएको थियो ।
टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका मधेशी समुदायको लागि डेन्टनमा रहेको पानीको तलाउ नजिक छठ पर्ब मनाउने व्यवस्था गरिएको थियो । टेक्सासमा रहेका मधेसी सँस्थाहरु तथा मधेशी अगुवाहरुले कार्यक्रमको व्यवस्थापनमा सहयोग गरेका थिए । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिन ड्यालस फोर्टवर्थमा रहेका मधेसी समुदायको डेन्टनमा घुईंचो लागेका मधेशी एशोसियसन ईन अमेरिकाका अध्यक्ष डा. सँगीत रौनियारले बताउनु भयो ।
यसै गरि टेक्सासको राजधानी अस्टिनमा पनि छठ पर्ब धुमधामका साथ मनाईएको छ । अस्टिन स्थित नेपाली समुदायको साझा सँस्था ग्रेटर अस्टिन नेपाली समाज अस्टिनले छठ पर्बको मनाउन सहयोग र सहजिकरण गरेको थियो । अस्टिन स्थित पशुपतिनाथ मन्दिर नजिकको तलाउमा अस्ताउदो सूर्यलाई अर्घ दिन मधेशी समुदायको भिड थियो । बिगतका बर्षमा मधेशी समुदायको मात्र सहभागिता रहने छठ पर्बमा यस बर्ष गैरमधेशीको पनि उल्लेख्य रुपमा सहभागिता रहेको ग्रेटर अस्टिन नेपाली समाजका पूर्ब उपाध्यक्ष तथा सामाजिक अभियन्ता रामकुमार महतोले बताए ।
कार्यक्रममा सहभागि भएका गैर मधेसी समुदायले पनि छठ पर्बको रुची पूर्बक अबलोकन गरेका थिए । नेपालमा छठ पर्बको वारेमा जानकारी नभएपनि अमेरिकामा आफै सहभागि भएर छठ पर्ब मनाउने अवसर मिलेको गैर मधेसीहरुले प्रतिकृया दिएका थिए ।
यसै गरि मधेसी अगुवाहरुका अनुसार मधेसी समुदायको बसोवास रहेको न्यूयोर्क, क्यालिफोर्निया, फिलाडेलफिया, फोलिरिडा र अटलान्टामा पनि छठ पर्ब मनाईएको छ ।
टेक्सासको ड्यालस तथा अस्टिनमा मनाईएको छठ




