नेपाली खबरिलाल
ड्यालस, टेक्सास
टेक्सासको ड्यालसबाट सन्चालित हिमालय खबर अनलाईनका प्रधान सम्पादक बिजय घिमिरेलाई पितृ शोक परेको छ । पत्रकार घिमिरे तथा नेपाल अमेरिका पत्रकार संघ (नेजा) का सल्लाहकार सन्जय घिमिरेका पिता पुष्पराज घिमिरेको ८१ वर्षको उमेरमा कार्तिक १२ गते बिहान उपचारका क्रममा असामयिक निधन भएको हो ।
घिमिरे परिवारका अनुसार बि.स. २००० साल पुस २ गते जन्मिनु भएका पिता पुष्पराज घिमिरे लामो समय देखि अस्वस्थ हुनु हुन्थ्यो । वुवाको निधन भएको खबर आएपछि पत्रकार बिजय घिमिरे तथा नेजा सल्लाहकार सन्जय घिमिरे नेपाल जाँदै हुनु हुन्छ ।
सल्लाहकार घिमिरेका पिताको असामयिक निधन प्रति नेपाल अमेरिका पत्रकार संघ(नेजा), हिमालय खबर अनलाईन लगायत बिभिन्न सन्चार गृहले श्रद्धान्जली व्यक्त गर्दै सम्पूर्ण घिमिरे परिवारमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
फोटो ः हिमालय खबर अनलाईनबाट साभार गरिएको हो ।
