नेपाली खबरिलाल
ड्यालस टेक्सास
यस बर्ष पनि टेक्सासको ड्यालसमा मो.मो फेस्टिवल २०२४ आयोजना हुने भएको छ । अन्तराष्ट्रिय बजारमा नेपाली खानालाई चिनाउन मो मो उत्सब आयोजना गर्न लागिएको हो । आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार मो मो फेस्टिबल ड्यालसको अर्लिङटन स्थित लेभिट पेभेलियनमा नोभेम्बर २ तारेखमा दिउसो २ बजे देखि राती ९ बजे सम्म सन्चालन हुने छ ।
मो.मो फेस्टिवलमा ५० भन्दा बढी नेपाली खानाका स्टलहरु रहने छन । दशैं तिहारको अवसर पारि आयोजना हुन लागेको मो.मो फेस्टिबलमा नेपाली खानाका बिभिन्न परिकारका अतिरिक्त गायक प्रमोद खरेल, १९७४ एडी का फिरोज स्याङ्देन, द बिट्स ब्याण्ड, अन्जु पन्त लगायत कलाकारको बिशेष प्रस्तुति रहने आयोजक सँस्था मःम टु गो का प्रदीप गिरीले जानकारी दिनु भयो ।
आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार फेस्टिबलमा सबै उमेर समूहका ब्यक्तिहरुलाई सहभागि गराउने लक्ष राखिएको छ । कार्यक्रममा मास्टर सेफ सन्तोष शाहले पनि आफ्नो स्टलबाट भिन्न प्रकारको खानाबाट नेपाली खानाको स्वाद स्वाद पस्कने छन । कार्यक्रमलाई थप आकर्षक बनाउन मो.मो. खाने प्रतियोगिता देखि फोटोबुथ, घोडचडी, स्टिल्ट वाकर, बालबालिकाहरुका लागि बाल उद्यान लगायत बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु पनि समाबेश गरिएका छन ।
आयोजक मो. मो. फेस्टिवलमा २० हजार बढी दर्शकले अबलोकन गर्ने अनुमान गरिएको आयोजकले दावी गरेका छन ।
फेस्टीबलमा ११ बर्ष माथीका व्यक्तिहरुले टिकट लिनु पर्ने र फेस्टिबलको वारेमा फेस्टिबलको आधिकारिक वेवसाईट www.MoMoFestivals.com मा गएर जानकारी लिन सकिने आयोजकले जनाएका छन ।
नेपाली खानालाई चिनाउन टेक्सासको अर्लिङटनमा मो मो उत्सब आयोजना हुँदै
2 Mins Read
