Close Menu
Nepali Khabarilal
    What's Hot

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    प्रवासीका बीचमा “नेपाली खबरीलाल अनलाईन”

    October 16, 20243 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पत्रकारिता समाज सेवाको महत्वपूर्ण क्षेत्र हो । पत्रकारहरुले पत्रकारिताको माध्यमबाट सूचना, शिक्षा र मनोरन्जन प्रदान गरेर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समाज सेवाका योगदान पु¥याई रहेका हुन्छन । प्रवासमा पनि नेपाली भाषामा बिभिन्न मिडियाहरु सन्चालित रहेका छन । प्रवासको व्यस्त जीवनशैलीका बीचमा समय बचत गरेर पत्रकारिता गर्नु निकै चुनौतीपूर्ण कार्य हो । तर पनि नेपाली पत्रकारहरुले नेपालमा गर्दै आएको पेशालाई निरन्तरता दिएर समाज सेवामा योगदान दिईरहेका छन । यो महत्वपूर्ण कार्य हो ।

    प्रवासमा दर्जनौ चुनौतीका बीचमा हामीले नेपाली खबरीलाल अनलाईन सन्चालनमा ल्याएका छौं । नेपाली भाषाको पत्रकारिताको माध्यमबाट प्रवासीहरुलाई मातृभूमिसँग जोड्ने हाम्रो प्रमुख उद्देश्य हो । हामी नेपाली खबरीलाल अनलाईन पत्रिकालाई हामी समस्त प्रवासीहरुको साझा अनलाईन बनाउन चाहान्छौं । राजनीतिक आग्रह पूर्बाग्रहबाट माथी उठेर समुदायलाई सूचना, शिक्षा र मनोरन्जन प्रदान गर्न चाहान्छौं । हामी समुदायको पृष्ठपोषण र सहयोग लिएर अनलाईनलाई स्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं । यो अनलाईन पत्रिकामा प्रवासमा नेपाली समुदायका हरेक गतिबिधिहरु, नेपाली समुदायमा संघर्ष र सफलताको कथाहरु, नेपाली समुदायका अगुवाहरुसँग गरिएको  कुराकानी, समुदायलाई आबश्यक अन्य जानकारीमूलक सामग्रीहरुलाई समाबेश गर्नेछौं । यसमा समाबेश हुने सामग्रीहरु स्वतन्त्र र निष्पक्ष हुनेछन ।

    नेपाली खबरीलालको अर्थ

    ’खबरीलाल’ शब्द ’खबर’ र ’लाल’ शब्दहरूको संयोजन हो । ’खबर’ भनेको ’समाचार’ वा ’सूचना’ हो, जसलाई लामो उच्चारण गर्दै ’ई’ आकार थपेर ’लाल’ शब्दसँग जोडिएको छ । ’खबर’ शब्दले सूचना जनाउँछ भने, यसलाई लम्ब्याएर धेरै बेरसम्म बोल्दा ’खबरी’ बन्छ, जसले बहुवचन अर्थ दिन्छ र धेरै समाचारहरूलाई जनाउँछ । ‘लाल’ शब्दको सामान्य अर्थ ‘रातो’ हुन्छ, तर जब यसलाई ’खबरी’ शब्दसँग जोडिन्छ, यो ‘तातो’ भन्ने प्रतीकात्मक अर्थमा बुझिन्छ । यसरी, ’खबरीलाल’ शब्दले ’तातो समाचार’ अथवा सबैभन्दा छिटो प्राप्त भएका समाचारहरू जनाउँछ । यो शब्द नेपालको तराई क्षेत्रमा, विशेष गरी पश्चिम नेपालको ’अवधी’ भाषामा, विशेष प्रेमपूर्वक प्रयोग गरिन्छ । यो पश्चिममा मात्र होइन, पूर्वी नेपालको तराई क्षेत्रमा बोलिने मैथिली भाषामा पनि प्रचलित छ । पछिल्लो समयमा यो शब्द नेपाली भाषामा पनि प्रयोग हुन थालेको छ । पहाडी क्षेत्रमा हुर्कने केही व्यक्तिले यो शब्द नसुनेका हुन सक्छन्, तर तराईमा हुर्कने धेरैले यो नाम चिनेका छन् । एक समयमा ‘हुलाकी’ अर्थात् पत्रवाहकलाई पनि ’खबरीलाल’ भन्ने चलन थियो ।

    इतिहासमा, ‘खबरीलाल’ शब्द महत्वपूर्ण र समयमै सूचना ल्याउने व्यक्तिप्रति सम्मान र स्नेह व्यक्त गर्न प्रयोग हुँदै आएको छ । सूचना छिटो र नयाँ भएकोले यो शब्द त्यो व्यक्तिलाई संकेत गर्न प्रयोग गरिन्छ जसले उत्साहपूर्वक समाचार सुनाउँछ । तर, सबै समाचार खुसीका हुँदैनन्, दुःखद समाचारहरू पनि हुन्छन् । जब खबरीलालले खुसीका समाचार सुनाउँछ, मानिसहरू हाँस्छन् र रमाउँछन्, तर जब दुःखद समाचार ल्याउँछ, उनीहरू संगै बसेर दुःखी हुन्छन् । ’खबरीलाल’ ले समाचार मात्र ल्याउँदैन, तिनको भावनात्मक गहिराईलाई पनि महसुस गर्छन् । त्यसैले उनी सबैको प्रिय र सम्मानित पात्र बनेका छन् ।

    ‘खबरीलाल’ सूचनाको प्रतिनिधि मात्र नभएर स्नेह, सम्मान र आदरको प्रतीक हो । यही कारणले हामीले हाम्रो पत्रिकाको नाम ’खबरीलाल’ रोजेका छौं । अहिलेसम्म कुनै पत्रिकाले यो नाम प्रयोग गरेको छैन, तर हामीले यसमा ‘नेपाली’ शब्द थपेर ‘नेपाली खबरीलाल’ बनाएका छौं । यसले हामीले छिटो, सही र भावनात्मक रूपमा सूचना सम्प्रेषण गर्ने प्रतिबद्धतालाई व्यक्त गर्दछ । ’नेपाली खबरीलाल’ हाम्रो सञ्चारको नयाँ स्वरूप हो, जसले हाम्रो आवाजलाई मिडियामा पु¥याउँछ ।

    हामी ’नेपाली खबरीलाल’ को रूपमा, समयमै र ठ्याक्कै समाचार मात्र नभई, ती समाचारहरूलाई राष्ट्रको भावनात्मक संवेदनासँग जोड्न प्रतिबद्ध छौं । हाम्रो लक्ष्य समाचारले पाठकको मन मात्र होइन, हृदयलाई पनि छोओस् भन्ने हो । हामीले दिने समाचारहरू केवल घटनाहरूको विवरण मात्र नभएर मानिसहरूका अनुभवहरूको साझा थलो होस् ।

    यस नयाँ दिशासँगै, ’नेपाली खबरीलाल’ एक अद्वितीय र विश्वासिलो माध्यमको रूपमा उभिनेछ, जसले समाचारलाई संवेदनशीलता र तथ्यहरूसँग संयोजन गर्दै पठाउनेछ । हामी कथा मात्र होइन, सम्बन्ध, बुझाइ र सत्य सम्प्रेषण गर्छौं, जसले हाम्रा पाठकहरूलाई ठूलो संवादको हिस्सा बनाउँछ । ‘नेपाली खबरीलाल’ को रूपमा, हामी समाचारलाई छिटो र गहिरो अर्थमा पु¥याउन दृढताका साथ अगाडि बढ्दैछौं ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    अमेरिका भ्रमणमा रहेका रास्वपा नेता मनीष झाले जुलाई ५ मा ड्यालसमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

    अमेरिकाको क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय फिर्ता लिन एनआरएनए अमेरिका र ओएनएफ अमेरिकाको आग्रह

    Demo
    Top Posts

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Don't Miss
    Diaspora

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपाली खबरीलाल अस्टिन, टेक्सस गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको नाममा विगत…

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.