Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    कन्सुलर कार्यालय स्थापना गर्ने निर्णयको ओएनएफ टेक्सासद्वारा स्वागत

    October 10, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सास
    प्रवासी नेपाली मन्च टेक्सास च्याप्टरले एक बिज्ञप्ती प्रकाशित गरेर नेपाल सरकारले टेक्सासको ड्यालसमा कन्सुलर कार्यालय खोल्ने गरेको निर्णयको स्वागत गरेको छ । टेक्सस च्याप्टरका अध्यक्ष राजु नेपाल र सचिब मनिषजँग थापाले एक बिज्ञप्ती प्रकाशित गरेर नेपाल सरकार तथा यस कार्यमा सहयोग र समर्थन गर्ने सबैलाई नेपाली समुदायको तर्फबाट धन्यबाद समेत दिएका छन ।
    प्रवासी नेपाली मन्च टेक्सासले बिगत लामो समय देखि टेक्सासको ड्यालसमा दूताबास सेवा कार्यालय स्थापनाको लागि निरन्तर पैरवी, पहल गर्दै आएको र प्रधानमन्त्री केपी ओली तथा परराष्ट्र मन्त्री आरजु राणाको अमेरिका भ्रमणका क्रममा समेत भेटेर दूताबास सेवा कार्यालयको मागलाई उच्च प्राथमिकताका साथ ध्यानाकर्षण गराएको बिज्ञप्तीमा उल्लेख छ । टेक्सासको ड्यालसमा दूताबास सेवा कार्यालय स्थापनाको लागि प्रवासी नेपाली मन्च टेक्सास च्याप्टरले नेपाली समुदायका अन्य सँस्थाहरुले गरेको पहलमा समेत ऐक्यबद्धता, समर्थन र सहयोग गरेको समेत स्पष्ट पारेको छ ।
    नेपाल सरकारले टेक्सासको ड्यालसमा दूताबास सेवा कार्यालय खोल्ने औपचारिक निर्णय गरेपछि टेक्सासका नेपाली समुदाय उत्साहित भएका छन । टेक्सासमा सकृय नेपाली समुदायका बिभिन्न सँस्थाहरुले सामाजिक सन्जालमा स्टाटस तथा बिज्ञप्ती पोष्ट गरेर नेपाल सरकारको निर्णयको स्वागत गर्दै खुशी ब्यक्त गरेका छन ।
    यसै गरि नेपाली जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ च्याप्टर, नेपाली समाज टेक्सासले समेत सामाजिक सन्जालमा स्टाटस पोष्ट गर्दै ड्यालसमा कन्सुलेट कार्यालय स्थापना गर्ने सरकारको निर्णयको स्वागत तथा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।
    नेपाल सरकार मन्त्री परिषदको हालैको बैठकले अमेरिकाको टेक्सास, क्यालिफोर्निया र दुबईमा दूताबास सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । नेपाल सरकारले गरेको सो निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.