Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    टेक्सासका प्रवासी नेपालीहरुद्वारा एमाले नेता ढुङ्गाना र अखिल अध्यक्ष बडालको स्वागत

    October 1, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली खबरीलाल
    ड्यालस, टेक्सास
    नेकपा(एमाले) का केन्द्रिय सदस्य बिन्दा ढुङ्गाना र एमाले निकट अनेरास्वबियूका अध्यक्ष समिक बडालको टेक्सासमा रहेका प्रवासी नेपालीहरुद्वारा ड्यालसमा स्वागत गरिएको छ ।
    अमेरिका भ्रमणमा रहेका एमाले नेता ढुङ्गाना र बडाललाई आईतबार प्रवासी नेपाली मन्च टेक्सास राज्य कमिटीले ड्यालसमा स्वागत गरेको हो । उक्त अवसरमा एमाले नेता ढुङ्गाना र अध्यक्ष बडालले प्रवासी नेपाली मन्च टेक्सास राज्य कमिटीद्वारा मन्त्र रेष्टुरेन्ट फोर्टवर्थको सभाकक्षमा आईतबार प्रवासी नेपाली मन्च सम्बद्ध नेता कार्यकर्ताहरुसँग भेटघाट तथा अन्तरकृया गर्नु भएको थियो ।
    प्रवासी नेपाली मन्च टेक्सास राज्य कमिटीका अध्यक्ष राजु नेपालको अध्यक्षता तथा सचिब मनिष थापाको सन्चालनमा सम्पन्न अन्तरकृया कार्यक्रममा बोल्दै नेकपा(एमाले) का केन्द्रिय सदस्य बिन्दा ढुङ्गानाले नेपाली डायस्पोराका सवालमा नेकपा (एमाले) गम्भिर रहेको बताउनु भयो । एमाले संविधान संशोधन गरेर डायस्पोराका सवाललाई सम्बोधन गर्न दृढ रहेको बताउँदै डायस्पोराले पनि प्रवासमा बसेर नेपाल प्रति निराशा होईन आशा जगाउने बिषयबस्तु सन्चार गर्न आग्रह गर्नु भयो ।
    यसै गरि अनेरास्ववियुका अध्यक्ष बडालले नेपालको शिक्षा नीतिमा सुधार गर्नका लागि अवको शिक्षा नीति कस्तो हुनु पर्दछ भनेर बहस हुनु पर्ने आबश्यकता औंल्याउनु भयो ।
    नेपालमा उद्धमशिल शिक्षा नभएका कारण शैक्षिक प्रमाण पत्र बोकेर बर्षेनी हजारौं नेपाली बिद्यार्थीहरु बिदेशीनु परिरहेकाले नेपाली बिद्यार्थीहरुको बिदेश पलायन रोक्न शिक्षा नीतिमा आबश्यक सुधार गर्न आबश्यक भईसकेको नेता बडालको भनाई थियो ।
    नेपालमा अवको शिक्षा नीति कस्तो हुनु पर्दछ भनेर अनेरास्ववियूले बहस थालिसकेको बताउँदै बडालले त्यसका लागि अन्तराष्ट्रिय अभ्यास, बिभिन्न अन्तराष्ट्रिय बिद्यार्थी संगठनहरुसँग सहकार्य र सन्जाल निर्माण गर्ने काम भईरहेको छ । हामी नीति निर्माण गर्ने ठाउँमा नभएपनि खबरदारी गर्ने ठाउँमा छौं । नेपालमा अबको शिक्षा नीति कस्तो हुनु पर्दछ भनेर आबश्यक सुझाव दिन्छौं र नेपालको शिक्षा नीतिमा सुधारमा योगदान दिन्छौं, बडालले भन्नु भयो ।
    उक्त अवसरमा कार्यक्रममा सहभागिहरुले नेपाली डायस्पोराको अवस्था, नेपाल सरकार तथा पार्टीले ध्यान दिनु पर्ने सवालहरु लगायत बिभिन्न बिषयबस्तुहरुको वारेमा जानकारी गराएका थिए ।

     

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.