नेपाली खबरीलाल
लस एन्जलस, अमेरिका
युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (अन्टीएफ) ले चौथो महासभा बैठक यही सेप्टेम्बर १४ मा क्यालिफोर्नयाको लस एन्जलस शहरमा आयोजना गर्ने भएको छ ।
विश्वभरका तेक्वान्दो खेलाडीहरू, प्रशिक्षकहरू र नेतृत्वकर्ताहरूको सहभागिता रहने उक्त महासभा बैठकमा तेक्वान्दोलाई के कसरी विश्वव्यापी रूपमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरिनुका साथै महासंघको नयाँ नेतृत्व पनि चयन गरिने महासभाका कार्यक्रम संयोजक अमृत महतोले जानकारी दिनु भयो ।
महासभाको कार्यक्रम अनुसार लस एन्जलस स्थित स्थानीय पशुपति नाथ मन्दिरमा सेप्टेम्बर १४, २०२४ बिहान महासभा बैठक आयोजना गरिने र हिमालयन ग्रिल रेस्टूरेण्टको सभाकक्षमा बेलुकी नयाँ नेतृत्व चयन गरि नेतृत्व हस्तान्तरण गरिने छ । उक्त अवसरमा महासंघलाई योगदान दिने बिभिन्न्न ब्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।
महासंघको पहिलो महासभा सन २०१४ मा लण्डनमा, दोश्रो महासभा सन २०१६ मा अमेरिकाको पोर्टल्याण्डमा, र तेश्रो महासभा सन २०१८ मा अमेरिकाको मिचिगनमा सम्पन्न भएको युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघले जनाएको छ ।
क्यालिफोर्नियाको लस एन्जलसमा अन्टीएफको चौथो महासभा हुने
1 Min Read
