Close Menu
Nepali Khabarilal
    What's Hot

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त

    August 7, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, २३ श्रावण – नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दीनले नोबेल पुरस्कार विजेता डा. युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका हुन् ।

    राष्ट्रपति शाहबुद्दीन, मुलुकको तीन वटै निकायका सेना प्रमुख र विभेद विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीच बंगभवनमा भएको वार्तापछि उक्त निर्णय लिइएको हो । विभेद विरोधी विद्यार्थी आन्दोलनका संयोजकले पनि डा. युनुसलाई प्रमुखमा नियुक्त गरिएकोमा स्वागत गरेका छन् ।

    यसअघि उनीहरुले नै डा. युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गर्नुपर्ने प्रस्ताव राखेका थिए । डा. युनिस हाल फ्रान्सको पेरिसमा छन् । उनले छिट्टै बंगलादेश फर्कने बताएका छन् । राष्ट्रपतिका प्रेस सचिव आबेदिनले अन्तरिम सरकारका बाँकी सदस्य विभिन्न राजनीतिक दलसँगको छलफलपछि टुङ्गो लगाइने बताएका छन् ।

    प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुका साथै भारत पलायन भएपछि हिजो राष्ट्रपति शाहबुद्दीनले संसद विघटन गर्दै अन्तरिम सरकार गठन गर्ने प्रक्रियाको मार्ग प्रशस्त गरेका थिए । सोहि आधारमा डा. युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको हो ।

    बंगलादेशमा सरकारी जागिरमा स्वतन्त्रता सेनानीका परिवारलाई दिइएको आरक्षण विरुद्ध चल्दै आएको देशव्यापी प्रदर्शनले प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे लामो शासनको अन्त्य गरिदिएको छ । हिजोदेखि बंगलादेशको जनजीवन केहि सामान्य बन्दै गएको रोयटर्सले उल्लेख गरेको छ । त्यस्तै गार्मेन्टहरु आज देखि पुनः सञ्चालनमा आउने बताइएको पनि विद्यालयहरु खुल्ने विषयमा कुनै टुङो लागेको छैन ।

    युनुस लघु ऋण आन्दोलनका प्रणेता मानिन्छन् । जो शेख हसिनाको शत्रु पनि हुन् । ‘गरिबका ब्यांकर’ उपनाम पाएका युनुस र उनले स्थापना गरेको ग्रामीण ब्यांकले सन् २००६ को नोबेल शान्ति पुरस्कार पाएको थियो । सय डलरभन्दा कमको रकम ऋण उपलब्ध गराएर दशौँ लाख ग्रामीण गरिबलाई गरिबीबाट मुक्त गरेको भन्दै उनीहरूलाई पुरस्कृत गरिएको थियो ।

    सफल हुँदै गएपछि युनुसले राजनीतिमा हात हाल्ने कोशिस पनि गरे । २००७ मा उनले पार्टी पनि गठन गर्न खोजे । तर, उनको प्रयासले हसिना क्रुद्ध भइन् । उनले युनुसलाई ‘गरिबको रगत चुसेको’ आरोप लगाइन् । साना ऋणदाताले चर्को ब्याज असुल्ने गरेको आरोप लाग्यो । तर, त्यो ऋणको ब्याजदर स्थानीय साहुबाट लिइने ऋणको ब्याजदरभन्दा निकै कम रहेको युनुसको तर्क थियो ।

    २०११ मा हसिना सरकारले उनलाई ग्रामीण ब्यांकको प्रमुखबाट हटायो । ६० वर्षको उमेरमा हट्नुपर्ने व्यक्ति ७३ वर्षसम्म बसेको सरकारको भनाइ थियो । सो निर्णयविरुद्ध मानव साङ्लो बनाएर प्रदर्शन गरिएको थियो । यसै वर्ष जनवरीमा ८४ वर्षीय युनुसलाई श्रम कानुन उल्लंघन गरेको भन्दै ६ महिना जेल सजाय सुनाइएको थियो । त्यस्तै २० लाख डलर ठगी गरेको आरोप पनि लगाइयो । दुवै मुद्दामा जेल नगएपछि युनुसलाई अरु सयवटा भन्दा बढी मुद्दा लगाइएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    अमेरिका भ्रमणमा रहेका रास्वपा नेता मनीष झाले जुलाई ५ मा ड्यालसमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

    अमेरिकाको क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय फिर्ता लिन एनआरएनए अमेरिका र ओएनएफ अमेरिकाको आग्रह

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    Demo
    Top Posts

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Don't Miss
    Diaspora

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपाली खबरीलाल अस्टिन, टेक्सस गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको नाममा विगत…

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.