Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजिनामा दिएर छोडिन् देश

    August 6, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ, २२ साउन –  देशमा हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । उनले सोमबार राजीनामा दिएसँगै देश छाडेको बताइएको छ ।  बीबीसीको बांग्ला सेवाका अनुसार बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी प्रवेश गरेका छन् ।

    प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाड्नुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना भारतको नयाँ दिल्ली नजिकैको हिन्डन एयर बेस विमानस्थलमा अवतरण गर्नुभएको छ ।

    देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएर देश छाड्नुभएको हो । प्रधानमन्त्री हसिना भारत पुगेपनि उतैबाट बेलायत जान लागेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।

    सोमबार बङ्गलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन थप व्यापक भएको छ । विद्यार्थी नेताहरूले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौँ मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्‍याली गरिरहेका छन् । बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले सोमबार देशवासीका नाममा सम्बोधन गर्ने र अन्तरिम सरकार गठनको तयारी समेत भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    बङ्गलादेशमा आइतबारदेखि पुनः सुरु भएको हिंसामा हालसम्म कम्तीमा ९० जनाको मृत्यु भएको बताइएको छ । आरक्षणको विषयलाई लिएरगत गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम्तीमा तीन सय जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ । तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् । आइतबार विरोध प्रदर्शन उग्र भएको थियो । सोमबार पनि प्रदर्शनकारी ठुलो संख्यामा सडकमा उत्रिएका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.