Close Menu
Nepali Khabarilal
    What's Hot

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    नबिल बैंक एकैसाथ तीन अन्तर्राष्ट्रिय अवार्ड र एक राष्ट्रिय अवार्डबाट सम्मानित

    July 23, 20243 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ, ८ साउन – नबिल बैंक लिमिटेडले एकसाथ ४ वटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ ।  ४०औँ वार्षिकोत्सवका कार्यक्रमहरू मनाउँदै गर्दा बैंकले यी महत्त्वपूर्ण अवार्डहरू जित्न सफल भएको हो । यस उपलब्धिले बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता, सुशासन, र उत्कृष्ट सेवाको मान्यता थप सुदृढ गरेको बैंकको भनाइ छ ।

    बैंकको ४० वर्षे अनवरत यात्रामा धेरै उपलब्धि हासिल भएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ढुंगानाले भने ‘नवीन प्रयोग र ग्राहकको सुविधामा हाम्रो ध्यानले हामीलाई यी अवार्डहरू दिलाएको छ, जुन हाम्रा कर्मचारीको अथक मेहनतको फल हो । सबैलाई बधाई दिन चाहन्छु ।’’

    बैंकले पाएका अवार्डहरू

    १. नेशनल वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड (एनबिपिए), २०२३

    n

    नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको छ। यो अवार्ड बैंकलाई आर्थिक वर्ष २०२२/२३ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा प्रदान गरिएको हो। बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता र सुशासनलाई सम्मान गर्दै यो अवार्ड प्रदान गरिएको हो। काठमाडौंमा आयोजित एक विशेष समारोहमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त अवार्ड हस्तान्तरण गरे। नबिल बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त तथा योजना विभाग प्रमुख सन्दीपबाबु पौडेलले अवार्ड ग्रहण गरे।

    २. वेस्ट कमर्सियल बैंकिङ ब्राण्ड अवार्ड नेपाल, २०२४

    नबिल बैंकले संयुक्त अधिराज्य (युके)को ग्लोबल ब्राण्ड्स म्यागेजिनबाट यस वर्षको वेस्ट कमर्सियल बैंकिङ ब्राण्ड अवार्ड नेपाल, २०२४ प्राप्त गरेको छ। ग्लोबल ब्राण्ड्स म्यागेजिन ठुलो प्रकाशन गृहमध्येको एक हो । यसले हरेक वर्ष बैंकिङ क्षेत्रका अग्रणी, उत्कृष्ट सेवा तथा दृष्टिकोण प्रदर्शन गर्ने बैंकहरूका लागि अवार्ड आयोजना गर्दै आइरहेको छ । यस सम्मानले बैंकिङ क्षेत्रमा नबिल बैंकको उत्कृष्ट सेवा र दूरदर्शी दृष्टिकोणलाई थप सुदृढ बनाएको छ। अवार्डका लागि बाह्य अनुसन्धान तथा मूल्यांकन टोलीले गरेको सिफारिसका आधारमा बैंकले यो अवार्ड प्राप्त गरेको हो ।

    n1

    ३. नेपालको वेस्ट बैंक फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सिएसआर), युरोमनि अवार्ड फर एक्सिलेन्स, २०२४  

    नबिल बैंकले युरोमनि अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गत नेपालको वेस्ट बैंक फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सिएसआर) प्राप्त गरेको छ । सामाजिक उतरदायित्व अन्तर्गत देशमा पु¥याएको योगदानको कदर स्वरुप यो अवार्ड बैंकले हासिल गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई दिगो विकासका लक्ष्य केन्द्रित गर्दै समाजको सकारात्मक परिवर्तनका लागि बैंकले स्वास्थ्य, शिक्षा, उद्यमशीलता, संस्कृति जर्गेना तथा प्रवद्र्धन, सूचना प्रविधि आदि कार्यक्रमहरु सञ्चालन गर्दै समाजमा टेवा पु¥याउँदै आएको छ । बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसइ) कार्यक्रम २०७८ मंसिर देखि सुरु गर्दै सामाजिक उद्यमशीलतालाई देशव्यापीरुपमा सञ्चालन गर्दै आएको छ ।

    ४. नेपालको वेस्ट बैंक फर एसएमइज, युरोमनि अवार्ड फर एक्सिलेन्स, २०२४  

    नबिल बैंकले युरोमनि अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गत नेपालको वेस्ट बैंक फर एसएमइजतर्फको अवार्ड पनि हासिल गर्न सफल भएको छ । सन् १९९२ मा स्थापना गरिएको यो अवार्ड विश्व बैंकिङ क्षेत्रमा सुरु गरिएको पहिलो अवार्ड हो । जसले, बैंकको गुणस्तरीय सेवा, सृजनात्मकता र ग्राहकप्रतिको विशेषज्ञतालाई सम्मानित गर्दछ । यो अवार्ड विश्वका १०० वटा देशमा सञ्चालन हुँदै आएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    अमेरिका भ्रमणमा रहेका रास्वपा नेता मनीष झाले जुलाई ५ मा ड्यालसमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

    अमेरिकाको क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय फिर्ता लिन एनआरएनए अमेरिका र ओएनएफ अमेरिकाको आग्रह

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    Demo
    Top Posts

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Don't Miss
    Diaspora

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपाली खबरीलाल अस्टिन, टेक्सस गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको नाममा विगत…

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.