काठमाडौं, ६ साउन – भानुभक्त मेमोरियल विद्यालयको ५९औँ वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण नेटबल खेल सम्पन्न भएको छ । भानुभक्त मेमोरियल विद्यालयले आयोजना गरेको उपत्यकाव्यापी नेट बल प्रतियोगीतामा विभिन्न विद्यालयको सहभागीता रहेकोमा आयोजक भानुभक्त मेमोरियल विद्यालय, ज्ञानोदय बालबाटीका र मल्पी इन्टरनेशनल स्कुलको सहभागिता रहेको थियो ।

उक्त खेलमा सहभागी भानुभक्त मेमोरियल विद्यालयले मल्पी सिटी स्कुललाई पराजित गरेको थियो । उक्त कार्यक्रम नेपाल नेटवल सङ्घका महासचिव दिपक लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि लामाले मन्तव्यको क्रममा खेलले मित्रता, सौहार्दता, अनुशासन तथा शारीरिक र मानसिक विकास गराउने कुरा बताएका थिए।
कार्यक्रमका सभापतित्व विद्यालयकी प्रधानाध्गापक ईश्वरी ढुङ्गानाले गरेकी थिइन । कार्यक्रममा सबै प्रतियोगी विद्यार्थीहरुलार्ई मेडल र प्रमाणपत्र समेत वितरण गरी हौसला बढाइएको थियो ।
