Close Menu
Nepali Khabarilal
    What's Hot

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    भानुभक्त मेमोरियस विद्यालयले भानु जयन्ती तथा वार्षिक उत्सव मनायो 

    July 14, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, ३० असार – आदिकवि भानुभक्तको २११ औं जन्म जयन्ती  मनाउने क्रममा काठमाण्डौ पानीपोखरी स्थित भानुभक्त मेमोरियल विद्यालयले पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । विद्यालयले आफ्नो ५९ औं स्थापना दिवस तथा २११ औं भानु जयन्ती मनाएको हो । प्रथम चरणको कार्यक्रम अन्तर्गत विहान विभिन्न बाजागाजा, झाँकी सहित  नगर परिक्रमा गरी सम्पन्न गरेको थियो ।

    त्यसै गरी विद्यालय प्राङ्गणमा वृहद् रक्त दान कार्यक्रम सम्पन्न गर्‍यो जसमा ३८ जनाले रक्त दान गरेका थिए । तेस्रो चरणको मञ्चको कार्यक्रम अन्तर्गत एस्.ई.ई. उत्तीर्ण तथा भूपु शिक्षक सम्मान कार्यक्रम वा  दीर्घ सेवा सम्मान कार्यक्रम भएको थियो जसमा कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन स्कुल तथा कलेजका विद्यार्थीले बिच बिचमा नृत्य,संगीत, गायन कला प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा रात्री भोजको आयोजना समेत गरेको थियो ।

    कार्यक्रम मुटुरोग विशेषज्ञ  डा. भगवान् कोइरालाको प्रमुख आतित्थ्यमा भएको थियो ,प्रमुख अतिथिको मन्तव्यको क्रममा कोइरालाले अंक गणितको हिसाव संगै विशेषता सीप सिकाइमा जोड दिनुपर्ने सारगर्भित प्रेरक भनाइ राखेका थिए ।

    कार्यक्रममा कम्बोडिया सरकारका एकेडेमिक एड्‌भाइजर तथा नेफुरका प्रा. डा. श्रीराम भगत माथे, पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष डा. राजेशकाजी श्रेष्ठ लगायत विभिन्न लब्ध प्रतिष्ठित व्यक्तिहरुको समेत उपस्थिति थियो । कार्यक्रम सञ्चालन निर्मल निरौला र वन्दना श्रेष्ठले गरेका थिए भनें सो कार्यक्रमको सभापतित्व विद्यालयकी प्रधानाध्यापक ईश्वरी ढुङ्गानाले गरेकी थिइन् ।

    https://www.facebook.com/bhanubhakta.memorial/videos/1161372395171341

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    पर्वतको पैयुँ गाउँपालिकामा १० करोडको लगानीमा बहुउद्देश्यीय ‘सम्सारा घर’ निर्माण हुँदै

    एनआरएनए अमेरिकाका दुई एनसीसीबीचको एकीकरण टुंगियो, एउटै एनसीसीमार्फत अघि बढ्ने

    Demo
    Top Posts

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    Don't Miss
    Diaspora

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    नेपाली खबरीलालयुलेस, टेक्सस । टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले यस वर्ष पनि आगामी…

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.