Close Menu
Nepali Khabarilal
    What's Hot

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    दक्षिण अफ्रिकालाई हराउँदै, भारतले जित्यो टी २० विश्वकपको उपाधी

    June 30, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, १६ असार – भारतले १७ वर्षपछि दोस्रो पटक आईसीसी टी–२० विश्वकप उपाधि जितेको छ । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी२० को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो ।

    भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ मात्र रन बनाउन सक्यो । भारतले यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा भएको आईसीसी टी २० को फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो ।

    उसका लागि हेनरिक क्लासेनले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन  । २७ बलको सामना गरेका उनले २ चौका र ५ छक्कासहित ५२ रन बनाए । उनलाई १७ औं ओभरको पहिलो बलमा हार्दिक पाण्ड्याले ऋषभ पन्तको हातबाट क्याच आउट गराएका थिए ।

    त्यस्तै क्विन्टन डे ककले ३९ रनको योगदान दिए । ३१ बल खेलेका उनले ४ चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै ट्रिस्टन स्टब्सले २१ बलमा ३ चौका र एक छक्कासहित ३१ रन बनाए ।

    भारतका लागि हार्दिक पाण्ड्यले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका उनले २० रन खर्चिए । त्यस्तै जसप्रित बुमराह र अर्शदीप सिंहले दुईदुई विकेट लिँदा अक्षर पटेलको नाममा एकविकेट रह्यो ।

    यसअघि केन्सिङ्टन ओभल बार्बाडोस स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । ५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरे । त्यस्तै अक्षर पटेलले ३१ बलमा ४ छक्का र १ चौकासहित ४७ रन बनाए । शिवम दुवेले १६ बलमा २७ रन बनाउँदा हार्दिक पाण्ड्या ५ रनमा नटआउट रहे ।

    आज भारतले खेलको दोस्रो ओभरमा नै दुई विकेट गुमाएको थियो । ओपनिङ गर्न आएका कप्तान रोहित शर्मा ५ बलमा दुई चौकासहित ९ रन बनाएर आउट भए । त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ भने दुई बलमा रनको खाता नै नखोली आउट भएका थिए ।

    दक्षिण अफ्रिकाका लागि केशव महाराज र एन्रिच नोर्तेजले दुईरदुई विकेट लिए । ३.२ ओभर बलिङ गरेको एन्रिचले २० रन खर्चिए, भने चार ओभर बलिङ गरेका महाराजले ४९ रन खर्चिए । त्यस्तै कागिसो रवाडा र मार्को जेन्सेनको नाममा एकरएक विकेट रह्यो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    Demo
    Top Posts

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    Don't Miss
    Diaspora

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    नेपाली खबरीलाल हल्टम सिटी, टेक्सास यस वर्षको दसैँ–तिहारको अवसर पारेर पर्वत समाज अमेरिका, टेक्सास च्याप्टरले…

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.