Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    कास्कीमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु, लमजुङमा ३ घर बगाउँदा ४ जना बेपत्ता

    June 26, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, १२ असार – देशभर मनसुन सक्रिय हुँदा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । पहिराले गण्डकीमा मानवीय क्षति पुर्‍याएको छ । कास्कीमामा मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    पहिरोमा परी पोखरा-२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको ५ । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएको प्रहरीले जनाएको छ । उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।

    उता लमजुङको क्व्होलासोथार गाउँपालिका-३ बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका चारजना बेपत्ता भएका छन् । गएराति गएको पहिरोले तीनवटा घर बगाउँदा चारजना बेपत्ता भएका हुन् ।

    पहिरोले रुद्रमान गुरुङ, उनकी बुहारी पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका दुई छोरी इच्छा र नम्रता बेपत्ता भएको वडा सदस्य विनप्रसाद घलेले जानकारी दिए  ।अहिले बेपत्ताको खोजी भइरहेको छ । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।

    गएरातिकै पहिरोका कारण बेंसीशहर नगरपालिका-११, चिती स्याउतमा दुईजना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा लमजुङ लगिएको प्रहरीले जनाएको छ । पहिरोकै कारण बेंसीशहर-मनाङ सडक पनि अवरुद्ध भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.