Close Menu
Nepali Khabarilal
    What's Hot

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    ग्लोबल आइएमई बैंक – उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

    June 20, 20245 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं – विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो व्यवसायलाई विश्व समुदाय माझ उत्कृष्ट सावित गराउने प्रयास निरन्तर जारी राख्दछन् । उक्त प्रयासलाई वास्तविकतामा प्ररिणत गर्न व्यवसायिक कसरत वा गतिविधिका साथ अथक मेहनत गर्दा पनि केहि व्यवसायी वा व्यवसायलाई मात्र विश्व समुदाय माझ उत्कृष्ट हुने सौभाग्य प्राप्त हुन्छ ।

    आजको समयमा विश्वहरुका सम्पूर्ण देशहरु एक अर्काको छिमेक जस्तै भइसकेका छन् । कुनै एक देशको गतिविधीले भौगोलिक अवस्थामा क्षितिज पारी रहेको देशलाई पनि विभिन्न किसिमका व्यवसायिक प्रभाव पारिरहेको हुन्छ । सम्पूर्ण व्यवसायको आफ्नो आफ्नो किसिमका फरक फरक व्यवसायिक लक्ष्य भए पनि सबैको एउटै लक्ष्य भनेको भएका व्यवसायहरु मध्य आफ्नो व्यवसायलाई अब्बल सावित गर्नु हो ।

    अझ विश्वव्यापीकरणको युगमा कुनै एउटा भूगोलमा स्थापित व्यवासयको प्रतिस्पर्धा विश्वको अर्को कुनामा रहेका व्यवसायसँग रहँदै आएको छ । त्यसैले आजको नयाँ तथा स्थापित व्यवसायहरुको लक्ष्य भनेको विश्वभरीका आफ्नो प्रतिस्प्रर्धीहरु माझ आफु्लाई उत्कृष्ट सावित गर्नु हो । कुनै एउटा व्यवसायले आफुलाई उत्कृष्ट सावित गर्दा उक्त व्यवसायले आफ्नो स्थापना भएको देशको झण्डालाई विश्वसामु उच्च बनाउछ ।

    विश्वमाझ देशलाई परिचित गराउने भएकाले देशका प्रख्यात कलाकारहरु तथा विभिन्न व्यक्तित्वहरुलाई देशको गहनाको रुपमा चिन्ने गरिन्छ । यसैगरी, आजको विश्वमा व्यवसायहरुले विश्वमाझ उत्कृष्ट सावित गरी देशको झण्डा अन्तरराष्ट्रिय समुदायमा उच्चो बनाउन प्रयासरत छन् ।

    सम्पूर्ण नेपालीहरुमाझ बैंकिङ्ग पहुँच विस्तार गर्ने उद्देश्य राखी सबैका लागि बैंक भन्ने मूलनारासहित २०६३ सालमा स्थापना भएको नेपालीहरुको बैंक हो ग्लोबल आइएमई बैंक globalimebank.com  ग्लोबल आइएमई नेपालको सबैभन्दा ठूलो बैंक हो भन्ने कुरालाई बैंकले वित्तीय सूचकांकहरुको माध्यमबाट आफुलाई अब्बल स्थापित गरिसकेको छ । बैंकको देश भित्र भित्र रहने नागरिकका लागि मात्र होेइन विश्वभरि रहेका नेपाली नागरिकहरुलाई बैंकिङ्ग सेवा दिने प्रयास स्वरुप विश्वका विभिन्न मूलुकहरुमा बैंकको प्रतिनिधि कार्यालयहरु राखी सेवा सञ्चालन गरिरहेको छ ।

    देश भनेको भौगोलिक क्षेत्रमात्र नभई नागरिक पनि देश हो भन्ने मान्यतालाई आत्मसाथ गरी नेपाली नागरिकहरु रहेको प्रदेशबाटै नेपाली बैंकको माध्यमबाट बैंकिङ्ग कारोबार गर्न सहजता प्रदान भइरहेको छ । जसले उक्त बैंकको सबैंका लागि बैंक भन्ने मूलनारालाई थप सार्थकता प्रदान गरेको छ ।

    ग्लोबल आइएमई बैंकले नेपालको सबैभन्दा ठूलो वित्तीय संस्थाको रुपमा बैंकिङ्ग क्षेत्रलाई नेत्तृत्वदायी भुमिका निर्वाह गर्दै आइरहेको छ । कम्पनीले नविनतम सेवा तथा सुविधाहरुमा सार्वजनीक गरी बैंकको ग्राहकहरुलाई प्रविधिमा आधारित सेवाहरु प्रदान गरिरहेको छ र यसले सार्वजनिक गरी प्रदान गरिरहेको सेवाहरु आम बैंकिङ्ग क्षेत्रका ग्राहकमाँझ लोकप्रिय पश्चात् अन्य वित्तीय संस्थाहरुले पनि उक्त सेवा तथा सुविधालाई अंगिकार गरेको देखिन्छ ।

    ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका बैैंक तथा वित्तीय संस्थाको विभिन्न सुचंकहरुको सुक्ष्म मुल्याङ्कन गरी विभिन्न महादेशबाट उत्कृष्ट बैंकहरु छनौट गर्दै आइरहेको छ । उक्त ग्लोबल फाइनान्स म्यागजिनले प्रदान गर्ने अवार्डलाई विश्वस्थरमा प्रतिष्ठित अवार्डको रुपमा परिचित छ ।

    विगतका वर्षहरुमा उक्त अवार्डका लागि अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी यूरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम यूरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई छनौट गर्दै आइरहेको थियो । तर यस वर्षदेखि एशिया प्यासिफिक क्षेत्र पनि समावेश गरेको थियो र उक्त क्षेत्रहरुमा नेपालको तर्फबाट ग्लोबल आइएमई बैंकलाई बेष्ट बैंक अवार्ड प्रदान गरेको हो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।

    यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मेबैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रोबैंक लगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित भएको थिए । एशिया प्यासिफिक अन्तर्गत नेपालको बैंक ग्लोबल आइएमई बैंकले उक्त सम्मान सहित नेपालको झण्डा विश्वमञ्चमा फर्फराएको हो ।

    साथै, कम्पनीले देश भित्रका विभिन्न अभियानहरुमा नेत्तृत्वदायी भूमिका पनि निर्वाह गर्दै आइरहेको छ । दिगो विकास लक्ष्य २०३० प्राप्तिको लागि कम्पनीले नेपाल सरकार वा सरकारका माताहतका विभिन्न संस्थाहरु वा विदेशि संस्थाहरुसंग सहकार्य गर्दै आइरहेको छ ।

    बैंकले वातावरणिय प्रदुषण कम गर्नको लागि विभिन्न किसिमका गतिविधि सञ्चालन गरिरहेको छ । बैंकले आफ्नो कार्यालय भित्र प्लाष्टिकजन्य वस्तुहरुको कम प्रयोग गर्ने अभियान सुचारु गरी अन्य बैंक तथा वित्तीय संस्था र सम्पूर्ण व्यवसायहलाई यस अभियानमा लाग्नसमेत आब्हान गरेको छ । साथै, कम्पनीले सार्वजनिक तथा व्यक्तिगत सवारीसाधनमा विद्युतीय साधनको पँहुच विस्तारको लागि पनि न्यूनतम ब्याजदरमा कर्जा विस्तार गर्दै आइरहेको छ ।

    ग्रिन आवाश कर्जा योजनाको विशेषताहरुलाई हेर्ने हो भने यस बैंकलाई जिम्मेबार संस्थाको रुपमा हेर्न सकिन्छ । यस बैंकले एक कर्पोरेट सिटिजन भएका कारणले यसले आफु स्थापित भएको समाजलाई एक असल नागरिकको परिचय दिएर सेवा सञ्चालन गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएको छ ।

    कम्पनीले लघु, साना तथा मझौला व्यवसायमा आम नागरिकलाई आर्कषण गर्नको लागि न्यूनतम् व्याजदरमा कर्जा सुनिश्चितताको लागि आईएफसीसँग ५६ मिलियन डलर ऋण लिएर लैङ्गिक तथा जलवायु फाइनान्सिङ्गका क्षेत्रहरुमा वित्तीय पहुँच विस्तार गर्दै आएको छ । यस्ता कर्जाहरुको विस्तारले साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सृजना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्नेे छ ।

    कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्दा पनि नेपाली माटोको आवश्यकतालाई आत्मसाथ गरी विभिन्न सेवा तथा सुविधा सार्वजनिक गर्दै आइरहेको छ । साथै, बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकालले यस बैंकलाई विश्वको उत्कृष्ट १,००० बैंकमा समावेश गर्ने लक्ष्य राखेका छन् ।

    ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”
    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    पर्वतको पैयुँ गाउँपालिकामा १० करोडको लगानीमा बहुउद्देश्यीय ‘सम्सारा घर’ निर्माण हुँदै

    एनआरएनए अमेरिकाका दुई एनसीसीबीचको एकीकरण टुंगियो, एउटै एनसीसीमार्फत अघि बढ्ने

    Demo
    Top Posts

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    Don't Miss
    Diaspora

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    नेपाली खबरीलालयुलेस, टेक्सस । टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले यस वर्ष पनि आगामी…

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.