Close Menu
Nepali Khabarilal
    What's Hot

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    नागरिक उन्मुक्ति भित्र उत्पन्न विवादपछि रेशमले रञ्जितालाई यसरी लेखे खुलापत्र

    March 13, 20243 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, ३० फागुन – नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष तथा संसदीय दलकी नेता रञ्जिता श्रेष्ठलाई यसका संस्थापक रेशम चौधरीले सम्झाउन नसकेको भन्दै खुला पत्र लेखेका छन् । आफूबीचको विवाद घरझगडा नभई राजनीतिक विषय भएको बताएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिनुअघि नेता चौधरीले पत्नी रञ्जितालाई सम्बोधन गर्दै खुलापत्र लेखेका हुन्। ‘घरझगडा हुँदै होइन, विषय राजनीतिक हो। मैले जानेको बुझेको यही हो। जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो’, रेशमले पत्रमा लेखेका छन्, ‘मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय ! आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन। आज लोग्ने-स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्। मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न।’

    यस्तो छ रेशमको पूरा पत्र :

    विषय जितहारको होइन, आज जिते प्रचण्ड, ओली जित्लान्। भोलि फेरि देउवा जित्लान्।

    सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो। त्यसैले हामी कसैका पछाडि नलागौँ, आफ्नो पार्टी निर्माणमा जुटौँ।

    सन्दर्भ : घर झगडा हुँदै होइन, विषय राजनैतिक हो। मैले जानेको बुझेको यही हो। जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो।

    आज पनि हेर्नुस् , एमाले, माओवादी, कांग्रेस । यी ठूला दलका नेता, कार्यकर्ता सांसद कतै चलमलाएका छन ररु तर एकीकृत समाजवादी, जसपा, नाउपा, लोसपा, रास्वपा, राप्रपाजस्ता साना दलमा कत्रो भुइँचालो गएको छरु

    त्यसैले कुरा बुझौं, कुनै पनि गठबन्धनका पछाडि नलागौँ।

    नागरिक उन्मुक्ति पार्टी कांग्रेस-कम्युनिस्ट होइन, भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो। त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौँ। आफ्नो नीति सिद्धान् अनुरूप चलौँ।

    कुरो रह्यो बूढाबूढीको। म उनलाई सम्झाउन कैलालीबाट काठमाडौँ आएकै हुँ। दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइइनन्। उनको भनाइ छ- प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न।

    अरे लाटी ! टीकापुर घटनापछि पनि प्रचण्ड दुइचोटि प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो। तर हामी रिहा भएनौँ नि ! अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहा भएका हौँ र तिमी पनि मन्त्री भएकी हौ। नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही…छैनौँ। जताबाट पनि भलो ठूलै दलको हुने हो, हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो।

    मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन। आज लोग्ने-स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्। मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न। आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदयदेखि चाहनेवाला हुन्। मलाई भोट हाल्, मलाई भोट हाल् भन्नेहरू हामीलाई डुबाउनेवाला मात्रै हुन्। मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौँ टन्टै साफ !

    हो, जेलमा मैले लेखेको विधानले आज पार्टी चलेको छ। तर मैले सबैको सदुपयोगीका लागि विधान लेखेको हुँ, दुरुपयोगका लागि होइन। अहिले विधानका कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ, त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ। सबै कानुन जान्नेलाई थाहा छ, महाधिवेशन विधानभन्दा माथि हुन्छ। सत्ताको सदुपयोग या दुरुपयोग क्षणिक हो तर जनता जनार्दन हुन्। यसका बारेमा अदालतले केही दिनमा अवश्य न्याय देला।

    तर याद रहोस्, केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कारबाही गर्नुपर्छ र कारबाही भोग्नुपर्छ। सबैलाई लागेको होला-केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ। यो सोच्दै हुनुहुन्छ भने तपाईं भ्रममा हुनुहुन्छ। उहिले भन्न सक्दिनँ, अहिले केन्द्रीय समितिले स्वतन्त्र भई निर्णय गरेको हो। अब हरेक निर्णय यसरी नै स्वतन्त्र भई गर्नुपर्छ।

    मेरा कारण लाखौँ जनताको मन दुखेको मलाई अनुभूत भएको छ, त्यसकारण म क्षमा चाहन्छु। तर पहिचानको आन्दोलनको सिपाही हुँ। कहिल्यै हार मान्नेवाला छैन। म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ। रञ्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन।

    मान्नैपर्छ-दु:ख दैबले मेरो थाप्लोमा थुपारेरै पठाएको हो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    अमेरिका भ्रमणमा रहेका रास्वपा नेता मनीष झाले जुलाई ५ मा ड्यालसमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

    अमेरिकाको क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय फिर्ता लिन एनआरएनए अमेरिका र ओएनएफ अमेरिकाको आग्रह

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    Demo
    Top Posts

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Don't Miss
    Diaspora

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपाली खबरीलाल अस्टिन, टेक्सस गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको नाममा विगत…

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.