Close Menu
Nepali Khabarilal
    What's Hot

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    धादिङको गजुरीमा बस दुर्घटनामा सात जनाको मृत्यु, ३० बढी घाइते

    March 6, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    धादिङ, २३ फागुन –  धादिङको गजुरी गाउँपालिका-५ घाटबेंसी मलेखु मा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको  छ । बस आज बिहान ५ बजे  गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको थियो । नदीमा खसेकामध्ये ३७ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको हाे ।

    उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २०  जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी  शैलेन्द्र थापाले जानकारी दिए ।

    रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित बेँसीघाटबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी रहेकाे छ ।

    उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए । प्रहरी उपरीक्षक गौतमका अनुसार घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

    सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार जारी गरीरहेका छन् । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    “नेजा”को १९औँ साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न, नेजाका वर्तमान अध्यक्ष र दुई पूर्व अध्यक्ष सम्मानित

    लोकतन्त्र, सुशासन र समृद्धिका लागि प्रेस स्वतन्त्रता अपरिहार्य

    टेक्ससको ड्यालसमा संगीतमय रामायण महोत्सव, भक्तजनको उल्लेखनीय सहभागिता

    Demo
    Top Posts

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    “नेजा”को १९औँ साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न, नेजाका वर्तमान अध्यक्ष र दुई पूर्व अध्यक्ष सम्मानित

    Don't Miss
    Diaspora

    नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा सात महिनामै पाँच लाख डलरभन्दा बढी राजस्व सङ्कलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस अमेरिकाको टेक्सस राज्यस्थित नेपाली महावाणिज्यदूतावास, ड्यालसले सेवा सञ्चालन सुरु गरेको करिब…

    हिमालय हेल्थ क्लिनिकको सेवा विस्तारका लागि ड्यालसमा “फन्ड रेजिङ गाला डिनर” हुँदै

    नेपाल चिनाउन अमेरिकाको क्यालिफोर्नियामा भव्य “नेपाल उत्सव”

    “नेजा”को १९औँ साधारण सभा मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न, नेजाका वर्तमान अध्यक्ष र दुई पूर्व अध्यक्ष सम्मानित

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.