Close Menu
Nepali Khabarilal
    What's Hot

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    प्रभुले गर्‍यो रकम फिर्ता, शाखाका सबै कर्मचारी निलम्बनमा

    March 1, 20243 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    रुकुमपश्चिम, १८ फागुन – रुकुमपश्चिमको आठबिसकोटमा रहेको प्रभु बैङ्कका एक कर्मचारीले भूकम्पपीडित र अन्य बचतकर्ताको रकम हिनामिना गरी फरार भएका छन् । प्रभु बैङ्कको आठबिसकोट शाखाका अपरेसन इन्चार्ज निरजविक्रम शाहले रकम अपचलन गरेको पाइएको हो ।

    बैङ्कका कारण रकम अपचलन भएको पाइएपछि बैङ्कले हालसम्म एक करोड ७२ लाख ९८ हजार रुपियाँ फिर्ता गरेको छ । तीमध्ये भूकम्पपीडितको एक करोड पाँच लाख र ग्राहकको ६७ लाख ९८ हजार रुपियाँ रहेको छ । प्रभु बैङ्कले अरू पनि अपचलन भएको हुन सक्ने अनुमान गरी थप छानबिन भइरहेको जनाएको छ ।

    आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले वडा नम्बर १ र २ का भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणका लागि पठाइएको एक करोड पाँच लाख रुपियाँ हिनामिना भएपछि बैङ्क जवाफदेही भएर फिर्ता गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न मितिमा बैङ्कमा पठाइएका तीन वटा चेकको रकम लाभग्राहीको खातामा नहालेर कर्मचारीले गैरकानुनी तवरले दुरुपयोग गरेको पाइएको हो ।

    रकम हिनामिना भएको गुनासोपछि प्रभु बैङ्कका कर्णाली प्रादेशिक कार्यालय प्रमुख शरदराज तिमिल्सिना नेतृत्वको टोलीले आन्तरिक छानबिन गरेको थियो । प्रारम्भिक छानबिन गरेर बैङ्कले कर्मचारी शाहविरुद्ध बैङ्किङ कसुर शीर्षकमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ । इन्चार्ज शाहले बैङ्कका खातावालाको रकम अनधिकृत रूपमा निकाल्ने, अन्य खातामा स्थानान्तरण गर्ने गरेको आरोपसहितको उजुरी दर्ता भएको हो । प्रहरीले छानबिन सुरु गरेको जनाएको छ ।

    बचतकर्ताको ६७ लाख ९८ हजार फिर्ता

    छानबिनपछि बैङ्कले अन्य १४ जना बचतकर्ताको रकमसमेत फिर्ता गरेको छ । बचतकर्ताको ६७ लाख ९८ रुपियाँ ग्राहककै खातामा फिर्ता गरिएको बैङ्कले जनाएको छ ।

    बैङ्कले दिएको जानकारी अनुसार खले कामीको एक लाख, पदमकुमारी थापाको दुई लाख ५० हजार, सीता केसीको चार लाख ३८ हजार, मनबहादुर कुसारीको दुई लाख १६ हजार, कालीबहादुर बुढाको चार लाख ५० हजार, डिल्ली मल्लको छ लाख ९९ हजार र नयनसिंह ओलीको सात लाख रुपियाँ फिर्ता गरिएको हो ।

    त्यसै गरी जितबहादुर खत्रीको छ लाख, रेखाकुमारी रावतको एक लाख ५० हजार, डन्डे कुसारीको आठ लाख, पिसजोन बोर्डिङ स्कुलको नौ लाख, शङ्करबहादुर पुनको १० लाख १४ हजार, दलबहादुर ओलीको एक लाख ८१ हजार र विमला ओलीको चार लाख रुपियाँ उहाँहरूकै खातामा जम्मा गरिएको हो ।

    नगरप्रमुख केसीले अझै दस जना सर्वसाधारणको ७५ लाख रुपियाँ बैङ्कले फिर्ता गर्न बाँकी रहेको उल्लेख गर्नुभयो । सर्वसाधारणले उक्त रकम फिर्ताको माग गर्दै नगरपालिका र बैङ्कमा धर्ना दिन थालेको केसीले बताउनुभयो ।

    अन्य कर्मचारी पनि निलम्बित

    रकम अपचलन गरेको आरोप लागेका कर्मचारी शाह भने फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईका अनुसार माघ २० गतेदेखि बिरामी छु भनेर बिदा स्वीकृत नगरेरै शाह फरार रहेको बुझिएको छ ।

    प्रभु बैङ्कले आठबिसकोट शाखामा कार्यरत आठ कर्मचारीलाई निलम्बन गरेको छ । शाखा प्रबन्धक गौतम, अपरेसन इन्चार्ज शाहसहितका आठ जना कर्मचारीलाई फागुन १४ गतेदेखि तीन महिनासम्मका लागि निलम्बन गरेको हो ।

    बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैङ्कको आन्तरिक लेखा परीक्षण विभाग तथा प्रादेशिक कार्यालयबाट भएको प्रारम्भिक अनुसन्धानका क्रममा भूकम्प राहत कोषमा गैरकानुनी एवं अनधिकृत रूपमा शङ्कास्पद कारोबारमा संलग्नता देखिएको भन्दै आठ जना कर्मचारीलाई तीन महिनाका लागि निलम्बन गरिएको जानकारी दिनुभयो । अहिले बैङ्कमा नयाँ कर्मचारीको टोलीले काम गरिरहेको छ ।  आठबिसकोट नगरपालिका–९ मा रहेको प्रभु बैङ्कको कार्यालयमा सेवाग्राही र फरार कर्मचारी शाह ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    अमेरिका भ्रमणमा रहेका रास्वपा नेता मनीष झाले जुलाई ५ मा ड्यालसमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

    अमेरिकाको क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय फिर्ता लिन एनआरएनए अमेरिका र ओएनएफ अमेरिकाको आग्रह

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    Demo
    Top Posts

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Don't Miss
    Diaspora

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपाली खबरीलाल अस्टिन, टेक्सस गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको नाममा विगत…

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.