Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    सुन्धारामा महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप, दुवैतर्फ गरी ११ जना घाइते

    February 29, 20243 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, १७ फाल्गुन – काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र काठमाडौं महानगर प्रहरीबीच झडप भएको छ । बुधबार साँझ फुटपाथ व्यवसायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

    झडपमा ५ जना नगर प्रहरी र ६ जना व्यवसायी घाइते भएका छन् । महानगर प्रहरी प्रमुख राजु पाण्डेले धरहरा अगाडि बसेका फुटपाथ व्यवसायी हटाउने क्रममा झडप भएको बताए । ‘९ बजेअघि व्यवसाय सुरु नगर्न आग्रह गरेका थियौँ । तर उहाँहरुले ७ बजे नै पसल राख्नु भयो । त्यसलाई हटाउन खोज्दा हामीमाथि आक्रमण भयो,’ उनले भने ।

    तर मजदुरहरूले आफूहरूमाथि नगर प्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले विज्ञप्ति जारी गरी काठमाडौं महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरी टोलीले मजदुरमाथि आक्रमण गरेको दाबी गरेको छ ।

    यस्तो छ संघले जारी गरेको विज्ञप्ति
    काठमाडौँ महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरीहरूले बुधबार साँझ सवा ८ बजेको समयमा काठमाडौँ को सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरूलाई आक्रमण गरि घाइते बनाउनुका साथै, सामानसमेत लुटपाट गरेर कजदुरहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

    महानगर प्रहरीको आक्रमणमा परेर स्वरोजगार मजदुर नानीमैया बस्नेत गम्भीर घाइते भई ट्रमा सेन्टरमा भर्ना हुनुभएको छ भने अन्य मजदुरहरू राधिका मैनाली, बद्री देवकोटा घाइते हुनुभएको छ। केही मजदुरहरूलाई नियन्त्रणमा लिई कालिमाटी प्रहरी कार्यालयमा लगिएको छ।

    साँझको समय कसैलाई असर नपार्ने गरी सडकपेटी तथा गल्लीमा व्यवसाय गरिरहेका स्वरोजगार श्रमिकहरूलाई साँझको समयमा अन्धाधुन्ध कुटपिट गर्ने, लछारपछार गर्ने, आमाचकारी गालीगलौज गर्ने, सामानहरू लुट्ने, सामानहरू फ्याँकिदिने र मरणासन्न हुनेगरी घाइते बनाउनेजस्ता महानगरका मेयर बालेन्द्र साहको निर्देशनमा महानगर प्रहरीहरूले गरेका अमानवीय व्यवहारको भत्सर्ना गर्दछौँ।

    सानो पुँजी लगानी गरेर फलफूल, तरकारी, जुत्ताचप्पल, कपडालगायतका सामग्रीहरू सस्तो मूल्यमा बिक्री गर्ने निम्न वर्गका स्वरोजगार मजदुरहरूलाई सत्ता र शक्तिको आडमा गरिएको गुन्डागर्दी खेदजनक छ। साँझको घटनाले महानगरपालिका आतंककारी, अपहरणकारी र लुटेराजस्तो देखिएकाले तत्काल सच्चिन आग्रह गर्दछाैँ।

    महानगरपालिकासँग हामीआग्रह गर्दछौँ:
    १. मजदुरमाथि आक्रमण गर्नेलाई कारबाही गरी माफी मागियोस्। स्वरोजगार मजदुरहरूलाई आक्रमण गरी गम्भीर घाइते बनाउने महानगर प्रहरीहरूलाई तत्काल कारबाही गर्दै मजदुरमाथि आक्रमण गर्ने, मजदुरहरूको सामान लुट्नेजस्ता आपराधिक कार्यप्रति काठमाडौँ महानगरपालिकाले मजदुरहरूसँग माफी माग्नु पर्दछ।

    २. घाइते मजदुरहरूको तत्काल उपचार गरियोस्। आक्रमणमा परी घाइते हुनुभएका सम्पूर्ण श्रमिकहरूको तत्काल अवस्था बुझी तत्काल उपचारको प्रबन्ध गरियोस्।

    ३. जफत गरिएका सामानहरू फिर्ता : महानगर प्रहरीहरूद्वारा आज (बुधबार साँझ) तथा अन्य समयमा लुटिएका स्वरोजगार श्रमिकहरूको सामानहरू सम्बन्धित श्रमिकहरूलाई ससम्मान र तत्काल फिर्ता गरियोस्।

    ४. सन्ध्याकालीन बजारको व्यवस्था : महानगरभित्र सन्ध्याकालीन बजारको व्यवस्थाका लागि निश्चित समय र स्थानहरूको निर्धारण गरी व्यवसाय गर्ने वातावरणको व्यवस्था गरियोस्

    ५. कार्यदल गठन : महानगरभlत्र “सस्तो नागरिक बजार‶को व्यवस्था गर्न, महानगरभित्र “श्रम डेस्क‶को व्यवस्था गरी श्रमिकहरूको सूचीकरण र व्यवस्थापनलगायत तात्कालीन र दीर्घकालीन संकटहरूको व्यवस्थापनका लागि नेपाल स्वरोजगार व्यापार श्रमिक संघसहित सरोकारवालाहरू सम्मिलित कार्यदल गठन गरियोस्।

    माथि उल्लेखित विषयहरू तत्काल सम्बोधन नभए सम्पूर्ण श्रमिकहरू सडक आन्दोलनमा जान बाध्य हुने बेहोरा अवगत गराउँदछाैँ।
    हार्दिक अभिवादनसहित।

    नेपाल स्वरोजगार व्यापार श्रमिक संघ
    केन्द्रीय कमिटी, काठमाडौँ

    माया गुरुङ
    अध्यक्ष

    राजकुमार श्रेष्ठ
    महासचिव

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.