Close Menu
Nepali Khabarilal
    What's Hot

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ, अनुसन्धान गर्न सात दिनको म्याद

    February 27, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ,  १५ फागुन  – केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

    तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका न्यौपाने तथा तुलसीराम गौतमसहित १० जना कर्मचारीलाई पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी)ले मंगलवार पक्राउ गरेको छ ।

    सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार, सहकारीका सञ्चालक चौलागाईं तथा उनको आफन्तको नाममा रहेका विभिन्न कम्पनीलाई अत्यन्तै कमसल धितो राखेर गौतम तथा न्यौपानेले दुई अर्ब २५ करोड रुपैयाँ ऋण दिएको पाइएको हो ।

    पक्राउ पर्ने अन्यमा तत्कालीन सेञ्जुरी बैंकका कर्मचारी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारीलगायत छन् । तत्कालीन सेञ्चुरी बैंक हालको प्रभु बैंकमा गाभिएको थियो । साविकको बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपाने गाभिएपछि भने प्रभु बैंकको वरिष्ठ डेपुटी सीईओ बनेका थिए ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले “दश जनालाई नियन्त्रणमा लिएका छौँ”, भन्नुभयो, “अहिले छानबिन जारी छ । छानबिन सकिएपछि सबैको नाम सार्वजनिक गछौँ ।” प्रभु बैंकका सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज न्यौपानेसहित १० बैंकर्समाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ ।

    हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले म्याद थप गरेको हो । बैंकिङ कसुरमा संलग्न भएको आरोपमा १० बैंकर्स मंगलबार पक्राउ परेका हुन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    पर्वतको पैयुँ गाउँपालिकामा १० करोडको लगानीमा बहुउद्देश्यीय ‘सम्सारा घर’ निर्माण हुँदै

    एनआरएनए अमेरिकाका दुई एनसीसीबीचको एकीकरण टुंगियो, एउटै एनसीसीमार्फत अघि बढ्ने

    Demo
    Top Posts

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    Don't Miss
    Diaspora

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    नेपाली खबरीलालयुलेस, टेक्सस । टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले यस वर्ष पनि आगामी…

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.