Close Menu
Nepali Khabarilal
    What's Hot

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनबाट लक्ष्मण पन्थी सम्मानित

    February 17, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, ४ फागुन  – बेस्ट एष्ट्रोलोजर अवार्डबाट अर्घाखाँचीको छत्रदेव बल्कोटका लक्ष्मण पन्थी सम्मानित भएका छ्न । दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समिति र एष्ट्रो, वास्तु एण्ड वैदिक साइन्सेस हव पटना भारतको संयुक्त आयोजनामा काभ्रेपलान्चोकको धुलिखेलमा आयोजित अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलन २०८० को कार्यक्रममा सम्मानित भएका हुन ।

    संघीय संसद प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यक्रम उद्घाटन गरेका हुन । दुई दिनसम्म चलेको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न ज्योतिषी, वास्तुशास्त्री र तन्त्रशास्त्रीहरुलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मान छनोट समिति गठन गरि सम्मान गरेको थियो ।

    कार्यक्रममा नेपाल पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, विश्व ज्योतिष महासंघका अध्यक्ष पन्चाङ्गकार डा. लोकराज पौडेल, एसियन एष्ट्रोलोजर कङ्रेस अध्यक्ष मण्डलका महासचिव प्रा.डा. एस के शास्त्री, नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डे, भारत नयाँ दिल्लिबाट पाल्नुभएका प्रा.डा. अनिलकुमार मित्र, एष्ट्रो वास्तु एण्ड वैदिक साइन्सेस हवका प्रतिनिधि आचार्य डा. अशोककुमार कुमार मिश्र, बंगलादेश ढाकाबाट पाल्नुभएका फकिर एसर अरफत, प्रा.डा. माधवप्रसाद पाण्डेय, सुर्यप्रसाद ढुंगेल  लगायतले मन्तव्य राख्दै यस्ता सम्मेलनहरु आपसी भाइचारा वृद्धि गर्ने मात्र नभै प्राज्ञिक विचार विमर्श हुने गरि अघि बढ्नुपर्ने बताउनुभयो ।

    दुई दिनसम्म चलेको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न ज्योतिषी, वास्तुशास्त्री र तन्त्रशास्त्रीहरुलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मान छनोट समिति गठन गरि सम्मान गरेको आयोजकले जनाएको छ ।

    समानित हुनेहरूमा बेस्ट एष्ट्रोलोजर अवार्डबाट अघाखाँचीका आचार्य लक्ष्मण पन्थी,योङ स्टार एष्ट्रोलोजर अवार्डबाट रविन पंगेनी, अन्तर्राष्ट्रिय वैदिक गुरु अवार्डबाट भारत नयाँ दिल्लिका प्राडा अनिलकुमार मित्र, आइकोनिक एष्ट्रोलोजर अफ द यर २०२३ अवार्डबाट भारतकै डा सफली गर्ग, ज्योतिष सगरमाथा अवार्डबाट बंगलादेशका फकिर यसिर अरफत, धर्म अलङकार अवार्डबाट पण्डित खिलनाथ काफ्ले, योङ तान्त्रिक अवार्डबाट चुरामणी पाण्डे, ज्योतिष रत्न अवार्डबाट नवराज भट्ट, शिवलाल पौडेल, टिकाराम घिमिरे, विष्णुप्रसाद सुवेदी, गौरीशंकर शर्मा, प्रेमप्रसाद पराजुली, ऋषिराज घिमिरे र ज्योतिष सेवा श्री पुरस्कारबाट मनमाया पौडेल सम्मानित हुनुभएको थियो ।

    त्यस्तै विन्दा भट्टराई काफ्ले, वास्तु अवार्डबाट भरतमणी ज्ञवाली, सरस्वती श्रेष्ठ, पशुपतिनाथ अवार्डबाट लिलाराज शर्मा, शिवकुमार सुवेदी, सुरेशचन्द्र रिजाल, कल्पना सुवेदी, मदन चौबे, सुरेशराज गिरि, टीकाराम पौडेल, धर्मानन्द जोशी, आशिष सिंखडा, खगेन्द्र प्रसाद खनाल, विष्णुप्रसाद तिमल्सिना, सुष्मा मल्ल, भवेश भट्टराई, बलराम लम्साल, अमृत पौडेल, विजय पन्थी लगायत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको कार्यक्रमका संयोजक अधिवक्ता नारायणप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

    दक्षिण एसियाली ज्योतिष महासंघको अनुसन्धानात्मक मुखपत्र मन्दाकिनी समेत लोकार्पण गरिएको कार्यक्रममा नेपाल, भारत र बंगलादेशका प्रतिनिधिहरुको सहभागी रहेको थियो । कार्यक्रमको दोस्रो सत्रमा विभिन्न व्यक्तित्वहरुबाट विषयगत छलफल समेत भएको र उठान भएका विषयहरूलाई समेटेर दक्षिण एसियालि ज्योतिष महासंघले पाँचबुदे घोषणापत्र जारी गरेको अध्यक्ष डा. सहदेव विष्टले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    पर्वतको पैयुँ गाउँपालिकामा १० करोडको लगानीमा बहुउद्देश्यीय ‘सम्सारा घर’ निर्माण हुँदै

    एनआरएनए अमेरिकाका दुई एनसीसीबीचको एकीकरण टुंगियो, एउटै एनसीसीमार्फत अघि बढ्ने

    Demo
    Top Posts

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    Don't Miss
    Diaspora

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    नेपाली खबरीलालयुलेस, टेक्सस । टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले यस वर्ष पनि आगामी…

    सुदूरपश्चिम समाज भर्जिनियाद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख १ हजार सहयोग

    अमेरिकाको ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासमा शोकपुस्तिका

    टेक्ससका सुदूरपश्चिमबासीले यस वर्ष गौरा पर्व नमनाउने

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.