Close Menu
Nepali Khabarilal
    What's Hot

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश

    February 12, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं – जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमविरुद्ध मुद्दामा साक्षी झिकाउन आदेश जारी गरेको छ । मुद्दा प्रक्रिया सुरू भएको करिब ४ वर्षपछि न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमविरुद्ध मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो ।

    सो आदेशसँगै अब म्यादपत्र गएपछि साक्षीहरू अदालतमा उपस्थित हुनेछन् र अदालतले उनीहरूको बकपत्र लिनेछ। बकपत्र लिएपछि पुन:पेशी तोकिनेछ । संविधानसभा निर्वाचनमा धाँधलीका लागि ल्याएको बम २०६४ चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा विष्फोट भएको थियो । सोही विष्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा करिब १२ वर्षपछि असोज २६ गते आलम पक्राउ परेका थिए ।

    उनीमाथि १८ कार्त्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथ कर्तव्य ज्यानसम्बन्धी कसुरु,मा मुद्दा दायर भएको थियो। सो मुद्दामाथि थुनछेक बहसपछि जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो ।

    उनी २०७६ कार्त्तिक २९ गतेदेखि थुनामै छन् । जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनुमा पठाउने आदेश दिएपछि उनी सो आदेशविरुद्ध उच्च अदालत वीरगञ्ज पुगेका थिए । उच्च अदालतले २४ माघ २०७६ मा जिल्लाकै आदेश सदर गरिदिएको थियो ।

    यमुनामाई गाउँपालिका-४ का त्रिलोकप्रताप सिंहका बाबु नारायण सिंह र ओसी अख्तरकी आमा रोक्साना खातुनले आलम,उनका भाइ मोहम्मद महताब आलम, मोबिन आलम, शेख भदई र शेख सवेजविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । त्रिलोक र ओसीलाई इँटाभट्टामा हालेर मारेको उनीहरूको उजुरीमा उल्लेख छ ।

    मुद्दामा आलमसहित उनका भाइ मोहम्मद महताव आलम,शेख भदई,मोहम्मद मोविन आलम,शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जमुनई,गौरीशंकर साहलगायतलाई प्रतिवादी बनाइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    अमेरिका भ्रमणमा रहेका रास्वपा नेता मनीष झाले जुलाई ५ मा ड्यालसमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने

    अमेरिकाको क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूतावास बन्द गर्ने निर्णय फिर्ता लिन एनआरएनए अमेरिका र ओएनएफ अमेरिकाको आग्रह

    ग्रेटर अस्टिन नेपाली समाज, अस्टिनमा नयाँ नेतृत्व चयन

    Demo
    Top Posts

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Don't Miss
    Diaspora

    एक वर्षको विवाद अन्त्य गर्दै एनआरएनए एनसीसी अमेरिका एकीकृत

    नेपाली खबरीलाल अस्टिन, टेक्सस गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको नाममा विगत…

    नेपालको नयाँ राहदानी प्रणालीमार्फत ड्यालस महावाणिज्यदूतावासबाट सेवा सुरु

    हिंसा पीडित महिलाहरूको न्यायको आवाज बोकेर सगरमाथा चढे अमृत परियार

    १२ वर्षपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुँदै, नयाँ नेतृत्वका लागि दौडधुप सुरु

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.