Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    टुँडिखेलको माघी मेलामा च्यापिएर १६ जना घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

    January 16, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, २ माघ – टुँडिखेलमा लागेको माघी मेलाको भिडमा च्यापिएर १६ जना घाइते भएका छन् । माघी पर्वको अवसरमा मगर र थारु समुदायको छुट्टाछुट्टै आयोजनामा टुँडिखेलमा लागेको मेलामा उनीहरू च्यापिएर घाइते भएको प्रहरीको भनाइ छ ।

    घाइते भएका ६ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको र बाँकी १० जना उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

    ट्रमा सेन्टरमा उपचार भइरहेका घाइतेहरू

    धादिङ जिल्ला, गंगा जमुना गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला फुटुङ बस्ने वर्ष १९ की रेजिना घले,  कैलाली  जिल्ला, घोडाघोडी गाउँपालिका घर भई काठमाडौं जिल्ला सितापाइला बस्ने वर्ष १९ की रिजा रेस्मी मगर,  संखुवाशभा जिल्ला, म्यादी नगरपालिका-४ घर भई काठमाडौं जिल्ला मनमैजु बस्ने वर्ष २२ की निर्मला श्रेष्ठ,  ललितपुर जिल्ला, ललितपुर महा-नगरपालिका वडा नं. २२ पाटन बस्ने वर्ष २७ की रश्मी नेपाल, दोलखा जिल्ला, आरुघाट गाउपालिका वडा नं. ८ घर भई हाल का.जि. चौमती बस्ने वर्ष ११ की युनिका बराल,  उदयपुर जिल्ला, रौतामाई गाउपालिका ०८ घर भई हाल का.जि. मनमैजु बस्ने वर्ष १४ की करिश्मा मगर रहेका छन् ।

    डिस्चार्ज भएकाहरूमा  

    खोटाङ जिल्ला हलेशी तुवाचुङ नगरपालिका वडा नं. १० घर भई हाल ललितपुर पाटन ढोका बस्ने वर्ष १२ को त्रिसना मगर,  सिन्धुपालचोक जिल्ला घर भई हाल ललितपुर जिल्ला चामुण्डा बस्ने वर्ष १२ की अन्जना तामाङ,  धनकुटा जिल्ला घर भई हाल ललितपुर जिल्ला चाखुपाट बस्ने वर्ष १६ की निकिता मगर,  बर्दिया जिल्ला, राजापुर नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं जिल्ला नयाँबजार बस्ने वर्ष ३० की रेखा चौधरी,  प्युठान जिल्ला खलङगा गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौं जिल्ला फुटुङ बस्ने वर्ष १६ की अनिसा के.सी.,  कैलाली जिल्लाभजनिया नगपालिका वडा नं. ३ घर भई हाल ललितपुर भैसेपाटी बस्ने वर्ष २५ की कल्पना चौधरी रहेका छन् ।

    तेसैगरी  सुनसरी जिल्ला धरान उप-महानगरपालिका वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला बनस्थली बस्ने वर्ष २२ की मन्दिरा बस्नेत,  ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. २२ बस्ने वर्ष ४० की मिना थापा,  रोल्पा जिल्ला घर भई हाल कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्र.ज. पृथ्वी बुढामगर, पाल्पाजिल्ला तानसेन नगरपालिका वडा नं. १४ घर भई हाल का.जि. लैनचौर बस्ने वर्ष २५ की निशा राना थापा रहेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.