Close Menu
Nepali Khabarilal
    What's Hot

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    प्रिमियम बापतको रकम जगेडा कोषमा राख्न बीमा प्राधिकरणको निर्देशन

    January 5, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, २० पुष – बीमा कम्पनीहरुलाई आईपीओमा उठाइएको प्रिमियम बापतको रकम जगेडा कोषमा राख्न नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ । हालै प्रिमियममा आइपिओ जारी गर्ने बीमा कम्पनीहरूलाई प्राधिकरणले पत्र काट्दै प्रिमियमबापत संकलित रकम जगेडा कोषमा राख्न निर्देशन दिएको हो।

    हिमालयन रि इन्स्योरेन्स ,आइएमई लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ ल्याएका हुन् । प्रिमियममा आईपीओ ल्याउने यी सबै कम्पनीलाई पत्राचार गरेर प्राधिकरणले आईपीओ जारी गर्दा प्रिमियममा उठाएको नौं अर्ब ३३ करोड ७२ लाख ५४ हजार रुपैयाँ जगेडा कोषमा राख्न निर्देशन दिएको हो ।

    निर्देशन कार्यान्वयन गर्न वुधबारै सबै कम्पनीलाई पत्राचार गरिएको बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिसिलवालले बताए। गएको पुस १२ गते सार्वजनिक लेखा समितिले बीमा ऐन विपरीत बीमा कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएको विषय सच्याउन भन्दै बीमा प्राधिकरणलाई निर्देशन दिएको थियो । लेखा समितिको निर्देशन कार्यान्वयन गर्दै बीमा प्राधिकरणले प्रिमियमबापत संकलित रकम जगेडा कोषमा राख्न बीमा कम्पनीहरुलाई पत्राचार गरेको हो ।

    हिमालयन रिइन्स्योरेन्सले कुल तीन करोड कित्ता प्राथमिक शेयर अर्थात् आईपीओ निष्कासनको अनुमति पाएको थियो ।हिमालयन रि’ले १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर २०६ रुपैयाँ आईपीओ बिक्री गरेको हो । जसले प्रिमियमबापत तीन अर्ब १८ करोड रुपैयाँ उठाएको छ । जुन रकम प्राधिकरणले जगेडा कोषमा राख्न भनेको छ ।

    सिटिजन लाइफले एक करोड १२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको छ । सिटिजनले एक करोड छ लाख ८७ हजार ५०० कित्ता १४४ रुपैयाँ प्रिमियम जोडेर सर्वसाधारणलाई बिक्री गरेको थियो । जहाँ प्रिमियमबापत सिटिजनले एक अर्ब ५३ करोड ९० लाख रुपैयाँ उठाएको छ ।

    आइएमई लाइफले पनि १ करोड २० लाख कित्ता आइपीओ बिक्री गरेको थियो। कम्पनीले  १ करोड १४ लाख कित्ता अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणलाई बिक्री गरेको थियो। यो आइएमईले प्रिमियमबापत १ अर्ब ५६ करोड ७ लाख ७४ हजार रुपैयाँ उठाएको थियो।

    सन नेपाल लाइफले ९६ लाख कित्ता आइपीओ बिक्री गरेको थियो। कम्पनीले ९१ लाख २० हजार कित्ता अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणलाई बिक्री गरेको थियो। यो कम्पनीले प्रिमियमबापत १ अर्ब २६ करोड ७६ लाख ८० हजार रुपैयाँ उठाएको थियो। यो रकम अब जगेडामा राख्नुपर्नेछ।

    रिलायबल नेपाल लाइफले एक करोड २० लाख कित्ता आईपीओ बिक्री गर्दा प्रिमियमबापत एक अर्ब ७८ करोड ९८ लाख रुपैयाँ संकलन गरेको थियो । एक करोड १४ लाख कित्ता अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    अक्टोबर ३१ मा युलेसमा ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना हुँदै

    Demo
    Top Posts

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Don't Miss
    Diaspora

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    नेपाली खबरीलाल ड्यालस, टेक्सस टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रका समाजसेवी स्वर्गीय हरिबोल भण्डारीको प्रथम स्मृति दिवसका अवसरमा…

    सानफ्रान्सिस्को महावाणिज्य दूतावास पुनःस्थापना गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाको माग

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.