Close Menu
Nepali Khabarilal
    What's Hot

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    Facebook X (Twitter) Instagram
    Nepali Khabarilal
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Nepali Khabarilal

    वार्षिकोत्सवमा जाजरकोट भूकम्प पीडित माझ उज्यालो छर्दै सुबिसु, २०० परिवारका विद्यार्थीलाई सोलार बत्ती वितरण

    January 3, 20242 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं – इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको टोली आफ्नो २३ औं वार्षिकोत्सव मनाउन भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ । गत १७ कात्तिकमा गएको ६.४ म्याग्निच्युटको विनाशकारी भूकम्पबाट प्रभावित विद्यार्थीहरूको अध्ययनमा सहयोग पुग्ने गरी २०० परिवारलाई ब्याकअप सहितका सोलार बत्ती वितरण गर्दै कम्पनीले पृथक् ढङ्गले वार्षिकोत्सव मनाएको हो ।  

    भूकम्प पश्चात पीडितहरूले भोग्नु परेको विशेष समस्यालाई सम्बोधन गर्नेगरी ती सोलार बत्ती डिजाइन गरिएको कम्पनीले जनाएको छ ।  वितरण गरिएका सोला बत्तीले रातको समयमा अध्ययन गर्न अति आवश्यक उज्यालो दिने मात्रै नभएर मोबाइल फोन र अन्य विद्युतीय उपकरण समेत चार्ज गर्न सकिनेछ ।

    प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयमोहन साउद सहित सुबिसुको आठ सदस्यीय टोली राहत स्वरूप अत्यावश्यक सामग्री वितरण गर्न जाजरकोट पुगेको थियो । जाजरकोटको नलगाड स्थित स्थानीय इन्द्रधनुष प्राथमिक विद्यालयमा सुबिसुले उक्त राहत वितरण कार्यक्रम आयोजना गरेको थियो ।

    “जाजरकोटको पुग्ने कुरा केवल भौगोलिक यात्राको विषय मात्र थिएन, प्रतिकूल परिस्थितिको सामना गरिरहेका भूकम्प पीडितहरूको जीवनमा अर्थपूर्ण प्रभाव पार्ने एउटा प्रतिबद्धता समेत थियो,” सुबिसुले भनेको छ ।

    “हामीले विद्यार्थीलाई आइपरेको चुनौती सामना गरी आफ्नो उज्यालो भविष्य निर्माण गर्ने कार्यमा सशक्तीकरण गर्ने उद्देश्यका साथ रातको समयमा पढ्न आवश्यक माध्यम (सोलार बत्ती) उपलब्ध गराएका हौं । ”

    व्यावसायिक उत्तरदायित्वलाई व्यावसायिक हिसाबकिताब भन्दा पर हुने भन्दै सुबिसुले २३ औं वार्षिकोत्सव मनाउने कुरा जाजरकोटका जनताको अदम्य भावनाको सम्मान भएको उल्लेख गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    नेपाल चिनाउन मेरिल्याण्डको बाल्टिमोरमा सडक महोत्सव हुँदै

    पाल्पाली संगम अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग

    अर्भिङस्थित नमस्ते इन्टरटेनमेन्टद्वारा बाढीपहिरो पीडितका लागि २ हजार ५ सय डलर सहयोग

    Demo
    Top Posts

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    Don't Miss
    Diaspora

    पर्वत समाज टेक्सासद्वारा नोभेम्बर ७ मा दसैँ–तिहार सांगीतिक साँझ आयोजना हुँदै

    नेपाली खबरीलाल हल्टम सिटी, टेक्सास यस वर्षको दसैँ–तिहारको अवसर पारेर पर्वत समाज अमेरिका, टेक्सास च्याप्टरले…

    टेक्ससको अस्टिनमा दशैं–तिहारको रौनक सुरु, तीनदिने दशैं–तिहार मेला हुँदै

    एनएसटी र लुम्बिनी सेवा समाज अमेरिकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुँदै

    स्व. हरिबोल भण्डारीको स्मृति दिवसमा ६५ पिन्ट रगत संकलन

    Demo

    नेपाली खबरिलाल एक समाचार पोर्टल हो जसले नेपाल र अमेरिका तथा विश्वभरिका समाचारहरूको व्यापक कवरेज गर्दछ। यसले मौलिक कथाहरू लगायतका विभिन्न सामग्री प्रस्तुत गर्दछ।(Real-time news updates : In-depth analysis and reports, Exclusive interviews & insights, etc).

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- ९८१३०२१९४४
    Email: contact@nepalikhabarilal.com

    हाम्रो टीम

    अध्यक्ष
    जगदीश पौड्याल
    कार्यकारी निर्देशक
    अर्जुन पोख्रेल
    प्रधान सम्पादक
    शंकर थापा
    फोटो पत्रकार
    उपेन्द्र दाहाल

    Facebook X (Twitter) Instagram Pinterest
    © 2026 Nepali Khabarilal. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.